एमाले इलामको जिल्ला प्रतिनिधि छनोट
आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनौट सम्पन्न गरेको छ ।
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।
घरमा आगलागी हुँदा घाइते राईको मृत्यु
घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते हुनु भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ ।
अलैँची मनको नब्बे हजार, लाख नाघ्ने अनुमान
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ ।
छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल
यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो ।
संरक्षणको पखाईमा राजा ताल
चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।
सुदूरपश्चिमलाई यु–१९ क्रिकेट उपाधि
नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
३४५ महिलालाई तिहारमा निःशुल्क यातायात सेवा
खोटाङमा युवाहरूको समूहले तिहारमा माइती जाने महिलालाई निःशुल्क यातायात सेवा दिएका छन् ।
खोलामा अवैध ढङ्गले माछा मार्ने बढे
पछिल्लो समय इलामका ठुला खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रम बढेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पूवा लगायतका खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरेको स्थानीयले बताएका छन् ।
गैर सरकारी महासङ्घ ताप्लेजुङमा सुवेदी
ताप्लेजुङस्थित गैर सरकारी संस्था महासङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले खड्गविक्रम सुवेदी अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सुक्दै गरेको खोला
समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत खाम्बचेमा पछिल्लो समय हिमपात नहुँदा सुक्दै गएका खोला।
कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
कबड्डी प्रतियोगिताको उपाधि जमुवा क्लबलाई
सुनसरी सदरमुकाम इनरुवा ९ बबिया जमुवा खेल मैदानमा सम्पन्न भएको प्रथम वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधी जमुवा क्लब इनरुवाले हात पारेको छ ।
छठघाट निर्माणका लागि सात लाख सहयोग
लहान नगरपालिकाको उत्तर पूर्वबाट बग्ने खुटी खोलामा छठ पर्व मनाउन घाट सजाउनका लागि लहान नगरपालिकाले सात लाख सहयोग गरेको छ ।
गान्धी मनमोहन मार्ग अलपत्र
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे–१० शिविरडाँडाबाट शनिश्चरे बजार– गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग छ ।
फिदिममा आगलागी हुँदा घर जल्यो : एकजना गम्भीर घाइते
एकजना गम्भीर घाइते हुनुभएको छ। मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक)बेनिलाल साहले बताउनुभयो।
छठ पर्वको अवसरमा शोभा यात्रा
धार्मिक महत्त्व बोकेको वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसर पारेर धार्मिक शोभा यात्रा इटहरीमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।
मधेश र कर्णाली प्रदेश विजयी
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।
छठ घाट निर्माण सुरु
सुनसरीमा छठपूजाका लागि विभिन्न नदीखोला तथा जलाशयहरुमा छठ घाट निर्माण सुरु भएको छ । जिल्लाको सीमावर्ती स्थानीय तहहरुमा नदी, खोला, पोखरी तथा जलासय अभाव रहेको ठाउँमा कितृम पोखरी बनाएर पूजापाठको तयारी गरेको छ ।
छठमा बढ्यो केराको व्यापार
छठ पर्व सुरु भएसँगै सुनसरीमा केराको व्यापार बढेको छ । छठ पूजामा अनिवार्य प्रसाद सामग्रीको रूपमा केरा प्रयोग हुने भएकाले केराको माग बढेको हो ।
सकियो काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण
इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।
लोपोन्मुख खरमजुरको वासस्थान फैलँदै
सप्तकोशी नदीमा आएको बाढीसँगै लोपोन्मुख अवस्थामा पुगेका खरमजुरको वासस्थान फराकिलो भएको छ ।
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताउनुभएको छ।
सडक दुर्घटनामा ३ जनाको मृत्यु
झापाको कनकाई नगरपालिका –५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ ।