• १२ पुस २०८१, शुक्रबार

छठ पर्वको अवसरमा शोभा यात्रा

blog

शोभा यात्रामा सहभागी ।

सचिन पोख्रेल

इटहरी, कात्तिक २० गते। धार्मिक महत्त्व बोकेको वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसर पारेर धार्मिक शोभा यात्रा इटहरीमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ। कार्तिक शुक्ल चर्तुदसीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको अवसर पारेर वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वलाई लक्षित गरेर धार्मिक शोभा यात्रा निकालिएको हो।

सूर्य देवताको  उपसना गरी मनाइने छठ पर्व श्रद्धा र निष्ठाको पर्वका रुपमा मनाउने गरिन्छ। सोही अवसर पारेर सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरबाट झाँकी सहितको कलश शोभा यात्रा निकालिएको छ।  

सुनसरी र मोरङ जिल्लालाई छोड्ने पूर्व पश्चिम राजमार्गसँगैको बुढिगंगा जमुना मुक्तिधाममा क्षेत्रको नदी तटमा समानता र एकताको पर्वको रुपमा  छठपर्व विशेष धुमधामका साथै विगत ३५ वर्षदेखि मनाउने गरिएको छ।

छठ पर्व केन्द्रित धार्मिक शोभामा नौमती बाजा, ससस्त्र प्रहरीको बाजा,  धार्मिक झाँकी सहित इटहरीको मुख्य बजार क्षेत्र हुँदै छठ पूजाका लागि तयार गरिएको वृद्ध गंगा नदी तटमा पुगेर छठ पर्वको धार्मिक पक्षका विषयमा चर्चासहित धार्मिक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ।

समापन कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख, केदार प्रसाद गुरागाईले छैठ पर्वको रौनक कस्तो हुने भन्ने विषयमा यो शोभा यात्राले देखाएको र इटहरीको छैठ पर्व अझ कोशी प्रदेशकै उकृष्ट बन्न सक्ने बताउनुभयो।

शोभा यात्रामा बह्माकुमारी राजयोग सेवा केन्द्र,राधेश्याम सेवा ट्रष्ट,नँया विन्दावन गौशाला, इस्कोन इटहरी, राधाकृष्ण शिव मन्दिर, नेवाःपुच, कलुवार सेवा समाज, संयुक्त खस क्षेत्री नेपाल, हलुवाई सेवा समाज, नेपाल नाई संघ, राजवंशी समाज लगायतका विभिन्न सस्थाहरुको झाँकीसहित भव्य सहभागिता रहेको थियो।

छैठ पर्व सेवा समितिका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा शोभा यात्रामा सहभागी सस्थालाई प्रशंसा पत्र वितरण गरिएको छ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख संगिता कुमारी चौधरी, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्त दिवस पोख्रेल इटहरी ९ का अध्यक्ष जितेन्द्र थापा, बह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालिका बह्माकुमारी सारदा सिटौला, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीलगायतका विभिन्न सस्थाका पदाधिकारीको  सहभागिता रहेको थियो।