कनकाई ३ लाई वडास्तरीय फुटबल उपाधि
यहाँस्थित होटल डिलाइट र अमेरिकी भूतपूर्व सैनिक आशिष सङ्ग्रौलाले यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैंतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले जितेको छ ।
गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि अलपत्र
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ ।
सङ्खुवासभामा टिपर दुर्घटना: दुई जना मजदुरको मृत्यु, दुई घाइते
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
पूर्वी नेपाल तिहारको रोनक
पूर्वी नेपालका गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरुमा तिहारले झपक्कै छोपिसकेको छ । झिलिमिली बत्ती र दियोको उज्यालोले गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरु सिँगारिएका छन् । तिहार सबैको घरआगनमा भित्रि सकेको छ ।
धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप
सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् ।
‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चूडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ ।
फुङ्फुङे झरना पर्यटन मेला हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङे झरना पर्यटन मेला आयोजना गरिने भएको छ ।
बृहत्तर वराहक्षेत्रको परिक्रमा सुरु
सुनसरीको चतराधामबाट ‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु भएको छ ।
कञ्चनजङ्घामा नाउर
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर ९वन भेडा०। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ ।
भारतीय पर्यटकको रोजाइमा इलाम
मनसुन सकिएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् ।
आहा फाप्लु विमानस्थल
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ ।
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।
गर्भवती बनाएको आरोपमा पक्राउ
ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् ।
फिदिमलाई हराँउदै तुम्बेवाले जित्यो तरुण गोल्डकपको उपाधि
प्रतिस्पर्धी फिदिम नगरपालिकालाई हराउँदै तुम्बेवा गाउँपालिका सातौं तरुण गोल्डकपको उपाधि जितेको छ।
अवैध मदिरासहित भारतीय कार चालक नियन्त्रण
भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साबुन उत्पादन गरी जीविकोपार्जन
आफ्नो घर वरपर पाइने वनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ ।
विपद् प्रभावितलाई लत्ताकपडा वितरण
यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
पॉचथरमा साङ्केतिक भाषाको चारमहिने तालिम
पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ ।
कात्तिक अन्तिम साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने
यही कात्तिक २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिकामा हाम्रो राजारानी पुरुष भेट्रान अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।
माटोको अम्लीयपन घट्दै
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
उर्लाबारीका नगरप्रमुख खरेलमाथि मुक्का
मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।
स्काभेटरले गाडी तार्दै
सोलुखुम्बु, कात्तिक १३ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ छिर्दीस्थित दुधकोशीमा स्काभेटरको सहयोगमा गाडी खुम्बु पासाङल्हामु गाउँपालिका १ तर्फ तारिँदै । दुधकोशीमा पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् । तस्बिरः रासस
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।