• १५ कात्तिक २०८१, बिहिबार

साबुन उत्पादन गरी जीविकोपार्जन

blog

मनिता घिमिरेले तयार गरेको सावुन ।

निशा राई 

धरान, कात्तिक १३ गते । आफ्नो घर वरपर पाइने बनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जीविकोपार्जन गर्दै आउनुभएको छ । 

करिब ७ वर्षअघि काठमाडौंमा विदेशीले सिकाएको साबुन बनाउने तालिममा सहभागी हुँदा त्यसबाट आफूले सिकेको र आफ्नै स्थानीय क्षेत्रमा पाइने वनस्पतिबाट साबुन बनाउन सकिन्छ भन्ने थाहा पाई धरान फर्किएर साबुन बनाउन शुरु गरेको उहाँले बताउनुभयो । 

घरमै साबुन बनाई घरबाट नै बिक्री हुने भएकाले खासगरी महिला दिदीबहिनीका लागि धेरै फाइदा हुने काम भएको उहाँले बताउनुभयो । हाल तितेपाती, गाँजाको पात, चारकोल, निमको पात र महबाट साबुन बनाउँदै गरेको घिमिरेले बताउनुभयो । 

शुरुवाती समयमा भने गाँजरको फेसवास बनाउन शुरु गरे पनि हाल साबुनको माग धेरै रहेकोले साबुन मात्र बनाउने गरेको उहाँले बताउनुभयो । “आफूले गरेको लगानीको ४० प्रतिशत नाफा रहने भएकाले यही पेशाबाट घरखर्चदेखि आफ्नोलागि सबै खर्च गर्न पुगेको उहाँले बताउनुभयो । 

यो साबुनको लागि बिहान फिटेर बनायो भने बेलुका सम्म साबुन तयार हुन्छ भने   ३ दिनदेखि ४ दिनसम्म सुक्न समय लाग्ने उहाँको भनाइ छ । आफूले साबुन बनाउन थालेपछि अन्य क्षेत्रहरुमा पनि साबुन बनाउने तालिम दिएको बताउनुभयो ।

हाल एउटा साबुनको मूल्य १ सय ७५ रुपियाँ रहेको उहाँले बताउनुभयो । महको साबुन भने ७० ग्रामको १५० रुपियाँ रहेको बताउनुभयो । उहाँले अनलाइन बाहेक मेला महोत्सवमा पनि स्टल राखी स्थानीय वनस्पतिहरुको साबुन बेच्ने गरेको बताउनुभयो । 

यसबाट घरमै बसेर पनि स्वरोजगार भइने भएकाले सबै स्थानीय तहबाट यसको  तालिम दिन सके आफ्नै वरपर भएको वनस्पतिबाट साबुन बना  धेरै मानिसले जीविकोपार्जन गर्न सक्ने उहाँले बताउनुभयो ।