पाथीभरा केबुलकार खारेज गर्न माग
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ।
लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको तयारी
पाँचथरको फिदिममा आयोजनामा आइतबार हुने ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला महिला तथा पुरुष हाफ म्याराथन’ को तयारी पूरा भएको छ ।
अन्जान प्रदीपको कविता प्रथम
कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङगाना) प्रथम हुनुभएको छ ।
सरु नगदसहित सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगर मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
डढेलोले भागेको भीरमौरी फर्किएपछि संरक्षणमा जुटे स्थानीय
पुनः फर्किएको भीरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानीका स्थानीय जुटेका छन्।
प्रदेश शिक्षा नीति चाँडै बनाउँछौँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा क्षेत्र सुधारका लागि प्रदेश सरकारको भूमिकाको विषयमा संविधानमा उल्लेख नभए पनि आफूहरूले सुधारका लागि गर्न सक्ने काम अघि बढाउने बताउनुभएको छ ।
कयर खोलामा बाँध निर्माण, सात हजार बिगाहामा सिँचाइ हुने
मोरङको रङ्गेली नगरपालिकाले नगरको सात हजार बिगाहा जग्गामा सिँचाइ हुने गरी कयर खोलामा बाँध निर्माण गरेको छ ।
अलैँचीको मूल्य लाख नजिक
कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धिको क्रमसँगै प्रतिमन एक लाख रुपियाँ नजिक पुगेको छ ।
धनकुटाको डाँडैडाँडा
प्रख्यात गायिका हिरादेवी वाइबाले उहिल्यै गाएको यी गीति पङ्क्तिले धनकुटाको वर्णन गरेको छ । राणाकालीन प्रशासन इलाका र व्यापारिक केन्द्र रहेको धनकुटा सदरमुकाम अचेल सुनसान छ ।
पाथीभरा केबुलकार परियोजना : झडपमा छ जना घाइते
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबुलकार परियोजना निर्माणको विषयमा शुक्रबार झडपमा हुँदा प्रहरीसहित छ जना घाइते भएका छन्। परियोजना पक्ष र बिरोध गर्ने पक्षबिच निर्माणस्थलमा झडप हुँदा घाइते भएका हुन्।
पाँचथरमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको गौरीगञ्ज गाउँपालिका ३ ठेकी टोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
केबलकार निर्माणको विषयमा ढुङ्गा हानाहान
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर ढुङ्गा हानाहान भएको छ। केबलकार निर्माण पक्ष र विरोध गर्ने पक्षबिच ढुङ्गा हानाहान भएको हो ।
मोरङको ग्रामथान उपनिर्वाचन : कांग्रेस र माओवादीले टुङ्ग्यो उम्मेदवार
मोरङको ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी टुङ्ग्याएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
फेदापलाई भलिबल प्रतियोगिताको उपाधि
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।
मृगलाई हानेको गोली लागेर साथीको मृत्यु
खोटाङमा सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ ।
सिरिजङ्गा गोल्ड कप मङ्सिर २३ गतेदेखि हुने
ताप्लेजुङमा आगामी मङ्सिर २३ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा फुटबल प्रतियोगिता र सिरिजङ्गा मेला–२०८१ हुने भएको हो ।
हातमा लालपुर्जा जोतभोग अनिश्चित
लामो प्रतीक्षा र सङ्घर्षपछि सुनसरी दुहबी नगरपालिका–३, भलुवाका खेमनारायण चौधरीले जग्गाको मोहियानी हक प्राप्त गर्नुभयो ।
सरकारले बजेट नदिएपछि २२ घर अग्निपीडितले राहत पाएनन्
सङ्घीय र प्रदेश सरकारले सुनिश्चित गरेको बजेट नपठाएपछि मोरङको रङ्गेली –३ स्थित बाबुसाहेब टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका छन् ।
तीन अर्ब लगानीमा टायल उद्योग, चार सयलाई रोजगारी
अरिहन्त ग्रुपले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत सुनसरीस्थित सोनापुरमा टायल उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याएको छ ।
धरानमा छठ पर्वको रौनक
धरानमा छठ पुजाको लागि खोला किनारमा भक्तजनको भिड लागेको छ। धरान उपमहानगरपालिकाको वडा नम्बर १३ को सर्दु खोला र १५ मा रहेको सेउती खोलामा अस्ताउदो सूर्यलाई अर्घ दिन खोलामा भक्तजनको भिड लागेको छ।
फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार शुक्रबारदेखि साप्ताहिक बन्द हुने भएको छ । दसैँ र तिहार पर्वको समयमा खुला गरिएको फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने भएको हो ।