• १० मंसिर २०८१, सोमबार

फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने

blog

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २२ गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार शुक्रबारदेखि साप्ताहिक बन्द हुने भएको छ । दसैँ र तिहार पर्वको समयमा खुला गरिएको फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने भएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले बिहीबार सूचना जारी गर्दै कात्तिक २३ गते शुक्रबारदेखि पुनः साप्ताहिक बजार बन्द सुरु हुने उल्लेख गरेको छ । चाडपर्वको समयमा उपभोक्तालाई उपभोग्य वस्तु तथा आवश्यक सामग्री किनमेल गर्नमा सहज बनाउन खुला गरिएको फुङ्लिङ बजार अब पुनः प्रत्येक शुक्रबार बन्द हुने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरी उद्योग वाणिज्य सङ्घले गत असोज ४ गतेदेखि फुङ्लिङ बजार खुला गरेको थियो । यता दसैँ तिहार सकिएसँगै फुङ्लिङ बजारमा चहलपहल पनि बढ्न थालेको छ  ।