सरकारी जग्गा अतिक्रमण गरी बनेको फनपार्क बन्द
इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।
बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी
यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ ।
अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
सुनसरीमा उपनिर्वाचनको सरगर्मी बढ्दै
सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
एमाले इलामको ११ औँ जिल्ला अधिवेशन सुरु
नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।
डाँडैभरि पुनर्भरण पोखरी
धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन् ।
चिहान एकीकृत गरिएको ठाउँमा स्मृति पार्क बन्दै
झापाको कमल गाउँपालिका वडा नं. ५ मा निर्माणाधीन आदिवासी रङ्गशाला परिसरमा स्मृति पार्क निर्माणको काम फेरी अघि बढेको छ । १५ बर्सअघि शिलान्यास भएको आदिवासी रङ्गशाला तथा स्मृति पार्क नामको विषयमा विवाद हुँदा र पर्याप्त बजेट विनियोजन नभएका कारण सुस्त गतिमा निर्माणाधीन रहेको छ ।
उपनिर्वाचनः कनकाई–६ मा उम्मेदवार चयन
निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।
उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
उदयपुर, कात्तिक २९ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले। उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नविक वान्तावा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्मला चौधरी,राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ । यसैगरी, बेलका नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले दुई दिनभित्रमा उम्मेदवारको नाम घोषणा गर्ने बताएको छ ।त्रियुगा नगरपालिका–१२ मा तीन हजार ८०० र बेलका नगरपालिका– ९ मा तीन हजार ४०० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
दुई जना बङ्गलादेशी नागरिक पक्राउ
प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।
ठेकेदारको लापरबाहीले अलपत्र लोकतान्त्रिक सिँचाइ कुलो
दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको वदमासीका कारण वर्षो देखि अलपत्र अवस्थामा रहेको छ । यसको तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
राउटे बस्तीमा छायाङ्कन !
मोरङको कानेपोखरी–७ स्थित दहीलामीचौर सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनभित्र चलचित्र बलिदान छायाङ्कनका लागि कृत्रिम राउटे बस्ती निर्माण गरिएको छ ।
दुधको उन्नाइस करोड नपाएको गुनासो
दुग्ध विकास संस्थानलाई बिक्री गरेको छ महिनादेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका किसानले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ताप्लेजुङमा ७६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा आँखाका बिरामीको शल्यक्रिया गरिएको हो।
सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा
सुनसरीको नेपाल भारत सीमामा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्तिक १३ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको हो।
खेवाङ र आङ्खोपलाई फुटबल उपाधि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ रिपोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ ।
नेतृत्वका लागि उम्मेदवारबिच रस्साकस्सी
नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्लाको नेतृत्व लिन जिल्ला तहका एमाले नेताहरूबिच रस्साकस्सी बढेको छ ।
ताप्लेजुङमा कांग्रेसको सय दिने अभियान
ताप्लेजुङमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । अभियानका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयको उपस्थितिमा जिल्लामा अभियानको सुरुवात भएको हो ।
जग्गाको वास्तविक मूल्य घटाएर रजिष्ट्रेसन पास
इनरुवास्थित मालपोत कार्यालयमा पछिल्लो समय राजस्व छली र अनियमितता बढेको आरोप लागेको छ । सो कार्यालयमा विशेषगरी कर्मचारी र बिचौलियाबिचको मिलेमतोमा जग्गा खरिद बिक्री गर्दा सेवाग्राहीको लेनदेन गरेको बास्तविक मूल्यभन्दा अधिक मुल्याङक्न घटाएर राजस्व घाटा गराइ सेटिङमा व्यक्तिगत फाइदा लिने प्रचलन बढेको आरोप छ ।
खानेपानीको लागि देउसीबाट ३ लाख बढी सङ्कलन
खानेपानी आयोजना सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा देउसी खेलेर ३ लाख बढी रकम सङ्कलन गरिएको छ ।
डिडिसीबाट दुधको १९ करोड रकम नपाएको किसानको गुनासो
दुग्ध विकास संस्थानलाई आफूहरुले बिक्री गरेको छ महिना अघिदेखिको दुधको रकम नपाएको भन्दै कोशी प्रदेशका दुग्ध किसानहरुले आज कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
लोपोन्मुख सङ्गिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपोन्मुख भएको छ ।
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ ।