सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुँदै
झापाको अर्जुनधारामा राष्ट्रिय सुपारी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को टोलीले स्थलगत अवलोकनसहित आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त हुने राय दिएपछि यसका लागि प्रक्रिया सुरु भएको हो ।
‘बजेट अभावले विकास आयोजना प्रभावितभयो’
सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रको विकास आयोजना प्रभावित भएको बताउनुभएको छ ।
स्कारपियोको ठक्करबाट एकको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौधरीको मृत्यु भएको हो ।
धनकुटामा कांग्रेस–एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन
धनकुटामा नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ। श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीको बैठकले नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो।
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका–२ शिवचोकस्थित स्करपियो गाडीले सिटी सफारीलाई ठक्कर दिँदा सफारी चालकको मृत्यु भएको छ।
रुखले किचेर एकको मृत्यु
धनकुटा जिल्लास्थित महालक्ष्मी नगरपालिका –२ का एक व्याक्तिलाई रुखले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका –२ का जनक मगर रहेको प्रहरी चौकी चानुवाले जनाएको छ ।
नेपाली चिया चीनमा निर्यात
इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ ।
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी
धनकुटा नगरपालिकाले एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।
देवीगाउँ–पत्रङबारीको अलपत्र सडक मन्त्री राईद्वारा अनुगमन
धरान उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको देवीगाउँ पत्रङबारी–हर्दिया हुँदै धनकुटा र मोरङ जिल्ला जोड्ने बाटो पाँच वर्षदेखि अलपत्र परेकोले अनुगमन गरिएको छ।
अपाङ्गता भएकाहरूको पहुँच सुनिश्चित गर्न माग
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश कार्यालय, विराटनगरले गाउँपालिका महासङ्घ कोशी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता गर्न माग गर्दै पैरवी पत्र बुझाएको छ ।
सामुदायिक माविमा २ लाखको अक्षयकोष स्थापना
मोरङको बेलबारी-२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
निर्वाचन क्षेत्रका बिरामीलाई निःशुल्क उपचार
मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले दुबै मिर्गाैलामा समस्या भएर जीवन मरणको अवस्थामा पुग्नु भएका बेलबारी ३ का १९ वर्षीय सुशान राईको निःशुल्क उपचार गरिदिनु भएको छ ।
मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।
टिपरको ठक्करबाट घाइतेको मृत्यु
मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट गम्भीर घाइते हुनु भएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
भकारीको व्यापार
सुन्दरहरैँचा, मङ्सिर ४ गते । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको पहाडे बाँसको चोयाबाट निर्मित धान राख्ने बाँसको भकारी । तस्बिरः रासस
घुम्ती गोठ
फुङ्लिङ, मङ्सिर ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ नाम्साली क्षेत्रमा रहेको घुम्ती गाई गोठ । स्थानीय किसानले मौसम र गाईवस्तु चरिचरनका लागि गोठ एक ठाउँबाट अर्को ठाउँ सार्ने गर्छन्। तस्बिरः रासस
सडकमा रहेकी गर्भवतीको उद्धार
झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा सडकबाट एक गर्भवतीको उद्धार गरिएको छ । गर्भवतीलाई सुत्केरी बेथाले च्यापेको थाहा पाएपछि तत्कालै उद्धार गरेर दमक अस्पताल पु-याएपछि शिशु जन्मिएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ । उहाँको हेरचाह र उपचारको सम्पूर्ण बन्दोबस्त नगरपालिकाले मिलाएको पनि उपप्रमुख प्रसाईले बताउनुभएको छ ।
झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन
नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।
चिया निर्यात ६९ प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना [साउन–कात्तिक] मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
‘नक्कली बीमा दाबी भुक्तानी माग गर्नेलाई कार्वाही हुन्छ’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नक्कली बीमा दाबी भुक्तानी गर्ने अस्पतालको दर्ता खारेजी र यसमा संलग्नहरुलाई कार्वाही गरिने बताउनुभएको छ ।
‘परिषद्ले दक्ष जनशक्तिको माग धानिरहेको छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताउनुभएको छ ।
चिया ऐन बनाउन पहल गर्छु : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सामधान गर्न तथा चिया ऐन बनाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आगलागी पीडितलाई राहत वितरण
तेह्रथुमको आगलागी पीडितलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पीडितहरुलाई राहत रकम वितरण गरेको हो ।
जिसस ओखलढुङ्गा प्रमुखमा भट्टराई निर्विरोध
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकाराज भट्टराई निर्विरोध चयन हुनुभएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुख पदमा भट्टराईको मात्र उम्मेदवारी परेको थियो । यससँगै उहाँ एकल उम्मेदवार हुनुभएको हो ।