पशुपालक किसानलाई सोलार वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलाको हर्कटे क्षेत्रमा पशुपालन पेसा गर्दै आएका किसानलाई सोलार बत्ती वितरण गरिएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –३ साँघुका साङ्गे शेपाकी ७ वर्षीया छोरी मन्सिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
बसको ठक्करबाट बालिकाको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी
सुनसरीको इटहरीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट एकजना गम्भीर घाइते
मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।
हात्तीबाट असुरक्षित बन्दै दमकवासी
झापाको दमक वडा २ र ३ जङ्गली हात्तीबाट धेरै नै प्रभावित बन्न थालेपछि हात्ती नियन्त्रणका लागि ठोस रूपमा कार्यक्रम ल्याउन आवश्यक देखिएको छ ।
नौ पदका लागि उत्साहजनक मनोनयन
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
बसको ठक्करबाट किशोरीको मृत्यु भएपछि स्थानीयले गरे आगजनी
कोशी राजमार्ग अन्तर्गत पर्ने इटहरी उपमहानगरपालिका वडा नम्बर १३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।
सुक्खा बन्दरगाह भन्सारबाट साढे १६ अर्ब राजश्व असुली
वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
बिक्रीका लागि ल्याइएको ब्रोकाउलीमा उच्च विषादी
झापाको बिर्तामोडमा बिक्रीका लागि आएको ब्रोकाउलीमा विषादी अत्यधिक पाइएको छ ।
सभामुख घिमिरे गृह जिल्ला झापामा
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे गृह जिल्ला झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार यहाँ पुग्नुभएको छ ।
तीन करोडमा बौद्ध गुम्बा निर्माण
इलामको सूर्योदय नगरपालिका-९ को पान्दाममा पाल्यल ज्याङछुप धार्गेलिङ गुम्बा उद्घाटन गरिएको छ । २०४१ सालमा निर्माण कार्य प्रारम्भ भएको गुम्बा तीन करोड बढी लगानमा सम्पन्न गरी उद्घाटन गरिएको हो ।
बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चिल्ड्रेन पार्कको काम अघि बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित स्ुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताउनु भएको छ । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।
स्थानीय तहको उपनिर्वाचन: मनोनयन दर्ताको समय निर्धारण
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
ग्रामथान अध्यक्षमा थान्दारको पहिलो उम्मेदवारी दर्ता
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिनेशकुमार थान्दार (दिवेश) ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
शीतलहरले बढ्यो जाडो
सुनसरी, मङ्सिर २ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । हिजोदेखि भएको शीतलहरले यहाँ जाडो बढेको छ । तस्बिरः रासस
पशुपालकलाई सोलार वितरण
ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटेमा रेडपाण्डा संरक्षणमा योगदान दिएका पशुपालकलाई गोठ व्यवस्थापनका लागि वितरण गरिएको सोलार सेटका साथमा स्थानीय । उक्त सोलारले घुम्ती गोठमा उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न सहयोग पुग्ने उनीहरु बताउँछन् । तस्बिरः रासस
कोशीटप्पुमा आन्तरिक पर्यटक बढ्दै
हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो ।
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।
बेपत्ता वृद्धको शव फेला
झापामा केही दिनअघिदेखि बेपत्ता रहनुभएका एक वृद्ध खोलामा डुबेको अवस्थामा मृत भेटिनुभएको छ ।
दमकमा हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु
झापाको दमक वडा नंं ३ मा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट रोजीको मृत्यु
झापा बिर्तामोड २ स्थित रामचोककमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक शिवसताक्षी–७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाह्रदशीमा रड प्रहार गरी एक जनाको हत्या
झापाको बाह्रदशी गाउँपालिका –५ मा रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो ।