टिपरको ठक्करबाट दुई जनाको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
पत्रकारलाई अनुसन्धानसम्बन्धी तालिम
पत्रकारितामा क्रियाशील पत्रकारका लागि धनकुटामा अनुसन्धानात्मक लेखनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
खेलका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताउनुभएको छ ।
अर्थतन्त्र विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभएको छ ।
किसानको आकर्षण मकै खेतीतर्फ
सुनसरीका किसानहरू मकै खेतीतर्फ आकर्षित भएका छन् । मकैबाट आम्दानी हुने भएपछि किसानहरूको आकर्षण मकै खेतीतर्फ बढेको छ ।
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।
एमाले इलाम अध्यक्षमा बराल निर्वाचित
नेकपा एमाले इलामको जिल्ला कमिटी अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ ।
ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात
कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ ।
कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि
ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो।
उपनिर्वाचन : मोरङको ग्रामथानमा निर्वाचन कार्यालय स्थापना
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।
धनकुटाका आठपहरियाको मङ्सिरे चाडको रौनक
धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र मात्र पाइने अल्पसङ्ख्यक तथा सिमान्तकृत आठपहरीया जातीको वाढाङ्मेट (मंसिरे चाड) को रौनक सुरु भएको छ।
सात बुँदे सहमतिको स्पिरिटअनुसार संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
बालबालिकालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति
सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।
एमाले अध्यक्षमा बराल र भट्टराई भिड्दै
बिहीबारदेखि सुरु भएको नेकपा (एमाले) इलामको ११औं अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
धनकुटामा आज स्थानीय बिदा
धनकुटाको धनकुटा नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिएको छ । अल्पसङ्ख्यक तथा सीमान्तकृत आठपहरिया जातीको वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले आज (शुक्रवार) स्थानीय बिदा दिएको हो ।
च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र
मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।
अवैध उत्खनन गर्ने नौ ट्याक्टर नियन्त्रणमा
झापाको बिरिङ खोलामा अवैध रूपमा खोलाजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा बिहीबार दिउसो ९ वटा ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहको निर्देशनविपरीत घुमुवा प्रहरी
गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने व्रmम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
उदयपुरमा दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुईदलीय संयन्त्र विस्तार
सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता समीकरणका दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठन भएको राजनीतिक संयन्त्र कोशी प्रदेशमा पनि विस्तार गरिएको छ । दुई दलका प्रमुख नेताहरू सहभागी रहने गरी प्रदेशस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो ।
दन्त शिविरबाट पाँचसय बढी लाभान्वित
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट सो सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
छुर्पीको गुणस्तर मापदण्ड मन्त्रीपरिषद्मा पेस गरिने
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले छुर्पीको अनिवार्य गुणस्तरको मापदण्डमा तयार गरी कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पेस गर्ने निर्णय गरेको छ ।
चियाको निर्यातमा उछाल
अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ ।
पाँचथरको आम्दानीको स्रोत स्थानीय छुर्पी
पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापूको मगरडाँडाका राजेन्द्र खालिङ राईको दुग्ध डेरीमा सुकाइएको छुर्पी । उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ ।