• २८ पुस २०८१, आइतबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि

blog

पत्रकार सम्मेलनमार्फत कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपबारे जानकारी गराइँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ३० गते। ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो।

चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ्गालको एक टोली रहने संयोजक थेबेले जानकारी दिनुभयो। प्रतियोगिताको बिजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ र उपविजेताले एकलाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने समितिका संयोजक कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो।

कोषाध्यक्ष मादेनका अनुसार प्रतियोगिता सम्पन्न करिव ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। यता प्रतियोगिताकाबिच शान्तिश्री परियार, झुमा लिम्बू लगायतका राष्ट्रिय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने समितिका सचिव अमर अन्छङ्बोले जानकारी दिनुभयो। उहाँकाअनुसार प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने छ।