• ३० कात्तिक २०८१, शुक्रबार

अवैध उत्खनन गर्ने नौ ट्याक्टर नियन्त्रणमा

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक ३० गते । झापाको बिरिङ खोलामा अवैध रूपमा खोलाजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा बिहीबार दिउँसो ९ वटा ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्जुनधारा नगरपालिका वडा नं. ७ स्थित बिरिङ खोलामा अवैध रूपमा ट्याक्टरहरूले खोलाजन्य पदार्थ निकालिरहेको सूचना पाएपछि नगर प्रहरीसहित जनपथ र सशस्त्र प्रहरीले ट्याक्टरहरू नियन्त्रणमा लिएर अर्जुनधारा नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मे १ त ५३२६, मे १ त ७५२९, प्र.१–०१–००१ त ९३००, मे १ त ८४२०, मे १ त ८८६६, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४ र नम्बर नखुलेको १ वटा गरेर ९ वटा ट्याक्टरहरूले अवैध रूपमा गिटी बालुवा उत्खनन गरिरहेका थिए । झापाका खोलाहरूमा अवैध रूपमा खोलाजन्य उत्खनन हुने गरेको छ ।