कोकिला ढकाल
इलाम, कात्तिक २९ गते । नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।
अधिवेशनका लागि सबै तयारी पूरा भएको र अधिवेशन प्रतिनिधिहरू सदरमुकाम आउन थालेको जिल्ला उप–सचिव रवीन्द्र सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार भोलिसम्म हुने अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उप–सचिव सहित १२५ सदस्य समिति चयन हुने बताइएको छ ।