बिक्रीका लागि राखिएका मादल
तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा
आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा
आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
जापानिज इन्सेफ्लाइटिसबाट छ जनाको मृत्यु, उपचार खर्च धान्नै मुस्किल
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको सङ्व्रmमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित छ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा
अलैँची थन्क्याउनमा व्यस्त किसान
ताप्लेजुङका किसान हिजोआज नगदे बाली अलैँची थन्क्याउनमा व्यस्त बनेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयसँगै अलैँची थन्क्याउने मौसम भएकाले खेतीमा संलग्न किसानहरू व्यस्त बनेका हुन् । किसानहरू यति बेला अलैँची थन्क्याउन अर्थात् अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त भएका छन् ।
झापालाई बेलबारी गोल्डकप उपाधि
आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी
जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।
एकैठाउँमा दुई पुल
ओखलढुङ्गा, कात्तिक १० गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुङ्गे पुल । खोलामा पहिले झोलुङ्गे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो । कोशी प्रदेश सरकारले पक्की पुलसँगै रहेको झोलुङ्गे पुल अन्यत्र सार्ने तयारी थालेको छ । तस्बिरः रासस
फुङ्लिङ रिपोर्टिङ क्लबलाई फुटबल उपाधि
ताप्लेजुङको फुङ्लिङमा सम्पन्न स्वर्गीय चन्द्रबहादुर नयोङ्हाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङ रिपोर्टिङ क्लबले जितेको छ । फाइनलमा मिलन चौतारी युवा क्लब खोक्सेलाई ५–४ गोल अन्तरले पराजित गर्दै फुङ्लिङले उपाधि जितेको हो ।
सगरमाथा क्षेत्रमा नौ हजार पर्यटक
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
माछाको खोजी
सुनसरी भोक्राहा नरसिंह गाउँपालिकास्थित माछाको खोजी गर्दै स्थानीय।
एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
धान खेत मास्दै सुपारी खेती
मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात पनि राम्रो मूल्यमा बिव्रmी हुन थालेपछि किसान सुपारीप्रति आकर्षित भएका हुन् ।
कृतिम फूलको माला आयातमा रोक
धनकुटामा प्लास्टिक तथा कृत्रिम प्रकारका फूल बिक्रीमा बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो ।
कोशीमा जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढ्दो
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ ।
खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो
जिल्लाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ ।
नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय
गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।
अरिङ्गालले चिल्दा मृत्यु
अरिङ्गालले चिल्दा पाँचथरमा एक जना युवकको ज्यान गएको छ । फिदिम नगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय सुवराज तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
समिल र ग्रिल उद्योग भारतीय कामदारकै भरमा
नेपाली कामको खोजीमा दैनिक बिदेसिएका बेला नेपालका समिल र ग्रिल उद्योग भने दक्ष कामदारको अभावमा दुःखले चलिरहेका छन् । नेपाली कामदार काम सिक्दै विदेश जाने क्रम बढेपछि भारतीय कामदारकै भरमा उद्योग चलिरहेको व्यवसायी बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि निर्माणका काम धमाधम भइरहेका छन् । जसले गर्दा गाउँ गाउँमा समिल र ग्रिल उद्योग खुलेका छन् ।
इलाममा फस्टाउँदै प्याजखेती
पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।
नढलेका जोर धरहरा : इतिहासबारे थरी थरीका कथा
धनकुटा नगरपालिका–५ मा एक ऐतिहासिक टुँडिखेल छ । धनकुटा गौँडा हुँदाको बखतमै निर्माण गरिएको सो टुँडिखेलको पूर्वोत्तर दिशामा गोलपोस्ट छ । गोलपोस्टसँगै जोर स्तम्भ रहेका छन् । स्तम्भ
तिहारलाई मादल तयारी
माग अनुसार तिहार पर्वका लागि मादल बनाउदै धनकुटा नगरपालिका वडा नं।१ हिलेस्थित गैरी टोलका ६१ वर्षीय छोटे सार्की लगायत ।
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।
माथिल्लो तमोर जलविद्युत् आयोजना सुरु
ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।