• १२ कात्तिक २०८१, सोमबार

कृतिम फूलको माला आयातमा रोक

blog

फेब्रिकवाट निर्माण गरिएका कृत्रिम माला ।

कबिराज घिमिरे

हिले, कात्तिक ९ गते । धनकुटामा प्लास्टिक तथा कृत्रिम प्रकारका फूल बिक्रीमा बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो । 

तिहारमा स्थानीय फूललाई प्रबर्धन गर्न त्यसप्रकारका फूलमा बन्देज गरिएको छ । यसबाट सयपत्री लगायतका फूलको व्यावसायिक खेती गर्दै आएका कृषकलाई राहत पुग्ने भएको छ ।

बजारमा प्लास्टिकजन्य कृत्रिम फूल भित्रिनुअघि नै सार्वजनिक सूचना जारी गरेर त्यस्ता फूल बिक्री वितरणमा रोक लगाउन लागिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

यता, धनकुटा नगरपालिकाले पनि सार्वजनिक सूचना जारी गरी बजारमा कृत्रिम फूल बिक्री वितरणमा रोक लगाउन भनेको छ । आयात गरिएका कतिपय कृतिम फूल धनकुटाको भेडेटारमै जफत गरिएको प्रशासनले जनाएको छ । ब्यापारी भने सूचना नगरी गरिएको निर्णयको कारण आफुहरु समस्यामा परेको बताउनुहुन्छ ।