• १० मंसिर २०८१, सोमबार

मधेश र कर्णाली प्रदेश विजयी

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक २० गते । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।  विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको २० दशमलव ५ बलमा सवै विकेट गु्माई ७५ रन जोडेको थियो ।  कर्णालीका लागि विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान गर्नुभयो ।  

बागमतीका दिनेश विष्टले ५ विकेट लिनुभयो । बिष्टले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र दिनुभएको थियो । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिनुभयो ।  

७६ रनको विजयी लक्ष्य पछ्याएको वागमती प्रदेश १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा समेटियो । बागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिनुभयो । 

कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिनुभयो ।  युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिनुभयो । मङ्गलबार नै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा  भएको  मधेशले  लुम्विनीलाई १ विकेटले पराजित गरेको छ । यस खेल अगाडि प्रतियोगितामा लुम्विनी एक मात्र अपराजित टोली रहेको थियो ।  

टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सवै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्विनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याट्समेनले दोहोरो अङकको स्कोर बनाउन सक्नु भएन  ।  मधेशका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिनुभयो ।  

७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिनुभयो । लुम्विनीका रमेह कुर्मीले ४ विकेट लिनु भयो भने सन्तोष यादवले ३ विकेट लिनुभयो  । 

लिगको सवै खेल सम्पन्न हुँदा सूदुरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ पहिलो स्थानमा उक्लिएको छ । लुम्विनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । 

त्यस्तै गण्डकी ६ खेलमा जित र ३ खेलमा पराजित हुँदै ६ अङ्का साथ तेस्रो, मधेशले पनि ६ खेलमा ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, बागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अङकका साथ पाँचौ स्थानमा, कर्णाली ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ छैठौँ स्थानमा र कोशी ६ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै २ अङ्ककका साथ पुछारमा रहेको छ ।