• १२ पुस २०८१, शुक्रबार

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

blog

विराटनगर, कात्तिक २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा  उहाँले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताउनुभएको छ ।  

सन्देशमा उहाँले भन्नुभएको छ,“ सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न तथा आपसी सद्भाव सुदृढ तुल्याउन छठ पर्वका माध्यमबाट प्रेरणा मिल्ने अपेक्षा गरेको छु” ।

छठको  मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम रही भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिन्छ ।