• २७ मंसिर २०८१, बिहिबार

सडक दुर्घटनामा ३ जनाको मृत्यु

blog

दुर्घटना भएपछि जम्मा भएका स्थानीयहरु । तस्विरः लीलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, कात्तिक १९ गते । झापाको कनकाई नगरपालिका –५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक बालकको घटनास्थलमै मृत्यु भएको छ । 

सोमवार बिहान १०ः४० बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेको स्थानीय विनोद पाठकको ६ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक सोही स्थानमा बस्ने वर्ष २६ को आजात आलम मोटरसाइकल छाडेर फरार भएका छन् । उनको खोजी कार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक किरण मोक्तानले बताउनुभयो । 

यता, झापाको फरक फरक सडक दुर्घटनामा घाइते भएर उपचार गराइरहेका दुई जनाको अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुसार शिवशताक्षी –८ का ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए ।

खड्काको बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमवार  बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवशताक्षी–११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो ।

त्यस्तै, झापा गाउँपालिका –६ किराँतचोकस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट लिंखा घाइते भएका थिए । उनको बिएनडसी अस्पतालमा आज बिहान ५ः१० बजे मृत्यु भएको हो ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे. ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह र उनका छोरा अस्मिनलाई ठक्कर दिएको थियो ।