चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।
एकै परिवारका पाँच जनामा हात्तीपाइले
झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँ-नयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरू फेला पर्न थालेका छन् ।
रिब्दिकोट पूर्ण खोप गाउँपालिका घोषणा
पाल्पाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी जानकारी दिनुभयो ।
प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु
स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरूकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ ।
नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ ।
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।
समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हुनुपर्छ : उपेन्द्र यादव
सङ्घीय सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको लागि सङ्घीयता र लोकतन्त्र संस्थागत हुनुपर्नेमा जोड दिनुभएको छ।
हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द गर्न माग
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागिएको प्रति मकवानपुरका आठ राजनीतिक दलले आपत्ति जनाएका छन् ।
प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा
प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।
कम्बोडियाद्वारा ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शनिबार मानिसहरूलाई विशेष गरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ । यसमा निकोटिनको उच्चस्तर हुन्छ जसले प्रयोगकर्ताहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर
खोटाङको सदरमुकाम दिक्तेलमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर शनिबारबाट सुरु भएको छ । मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिने शिविर सोमबारसम्म चल्ने छ ।
‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’
योग अमूर्त सम्पदा भएको भन्दै यसलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग योगविज्ञान अधिस्नातक २०७९ विद्यार्थीद्वारा आयोजित गुरुवर्ग, संस्कृत केन्द्रीय विभाग तथा ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रममा धारणा राख्दै वक्ताहरूले योगको आशय आफूसहित अरूलाई सुखी राख्ने भएको बताएका छन् ।
प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित
बागमती प्रदेशमा थप ३९ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको २८ गते शुक्रबारसम्म चितवनमा २०, मकवानपुरमा १७ र धादिङमा दुई जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट वञ्चित गर्ने निर्णय
झापाको कमल गाउँपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई पालिकाले दिने सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको छ ।
बाँकेको राप्तीसोनारी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा
चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज उपलब्धतामा जोड
कृत्रिम अङ्ग तथा सहायक उपकरण सहज रुपमा उपलब्ध हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने
नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन अपिल गरिएको छ ।
बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो
बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ ।
सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ ।
जावलाखेलमा स्नान कक्षसहितको अपाङ्गतामैत्री सार्वजनिक शौचालय
ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बिच शौचालयको शुभारम्भ गर्नुभयो ।
सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान
हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो एक करोड ८८ लाख डलर
सरकारले एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ ।
आधारभूत अस्पतालमा भिडियो एक्स-रे सेवा
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । गाउँपालिकाले आवश्यक उपकरण खरिद गरेर ल्याएपछि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो ।
महोत्तरीमा डायलायसिस नहुँदा बिरामीलाई सास्ती
जलेश्वर नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीया निलम चौधरीको दुवै मिर्गौलाले काम नगरेका कारण हप्तामा दुई दिन डायलायसिस गराउनुपर्छ ।