निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
चितवन राप्ती नगरपालिका ७ वीरेन्द्र नगरकी ९७ वर्षीया तमिसरा पुनमगरको जटिल शल्यक्रिया सफल भएको छ । उमेरका हिसावले असम्भव जस्तै देखिएको पुनमगरको स्तनको क्यान्सरको शल्यक्रिया भएको हो ।
९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो ।
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
चर्को घामबाट कसरी बच्ने ? यस्तो छ चिकित्सकको सुझाव
तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।
स्वास्थ्य शिविरमा १७ सयभन्दा बढीले सेवा लिए
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार ७५४ जनाले सेवा लिएका छन् ।
१८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
काभ्रेपलान्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुई हप्ते अभियानमा खोप लगाउन लागिएको हो ।
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि
दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गर्नुभयो ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने
तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै
बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। सबै सर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।
चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगहरूलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दमलगायतका दीर्घ रोग सम्बन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।
चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ ।
‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’
उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् ।
सप्तरीका १४ पालिका दमकलविहीन
सप्तरी जिल्लाका १८ पालिकामध्ये चार पालिकामा मात्र दमकल छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा सञ्चालनमा छ ।
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नं ४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ४३ जनाले सेवा लिएका जनाएको छ ।
अकुपन्चर विधिबाट सामान्यदेखि जटिल रोगको उपचार
अकुपन्चर चाइनामा विकास भएको एक प्राचिन उपचार पद्धति हो, भनिन्छ । यो उपचार विधि ६ हजार वर्ष अघि नै प्रचलनमा आएको बताइन्छ । अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णकाअनुसार ‘अकु’ भनेको सियो र ‘पन्चर’ भनेको घोच्ने हो ।
स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीले तोड्नुभयो अनसन
स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औँ अनसन तोडेको जानकारी दिनुभएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'युएसजी' मेसिन जडान
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक भिडियो एक्स-रे (युएसजी) मेसिन जडान गरिएको छ ।
रियल थेरापी : कलाकार भन्छन् शारीरिक र मानसिक तनाव कम गर्ने उपयुक्त थलो
व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विशेषले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ ।
‘लुबाट बच्न जनचेतना बढाउन आवश्यक’
‘लु’ (तातो हावाको लहर)बाट बच्नका लागि व्यापक जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउनुभएको छ ।
नक्कली चिकित्सक पक्राउ
आफूलाई चिकित्सक भनेर बिरामीको शल्यक्रिया गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।
ज्येष्ठ नागरिक तथा अशक्तको लागि घरघरमा स्वास्थ्य सेवा
गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गण्डकी गाउँपालिकाले गाउँ सभाबाट बजेट विनियोजन गरी पालिका भित्रका सबै वडाहरूमा ज्येष्ठ नागरिक तथा अशक्तहरूको लागि घर घरमा डाक्टर पठाएर सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थ्य सञ्जालमा जोडिँदै कर्णाली पारीका गाउँबस्ती
बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय स्वास्थ्य सञ्जालमा जोडिँदै आएका छन् ।