बजेट अभावले आधारभूत अस्पताल अलपत्र
धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो ।
रगत पाउन समस्या, रक्तदान गर्न आह्वान
पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।
भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु
सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।
एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमित आमाबुवाबाट संक्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।
घातक छ टाटु
विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?
डेङ्गु फैलिँदा तनहुँमा चाडपर्व खल्लो
तनहुँमा फैलिएको डेङ्गु नियन्त्रणमा नहुँदा बडादसैँको रौनकता बढ्न सकेको छैन ।
मुस्ताङमा शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती
हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दुई महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
प्रसुति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहँुदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसुति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
मिर्गौलाका बिरामीलाई निःशुल्क परामर्श
नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’
बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार हुँदै
पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ ।
पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र
याग्दीको मङ्गला गाउँपालिका-५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.सं.२०७७ पुुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो ।
प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो ।
खानपानमा ध्यान दिन चिकित्सकको सुझाव
चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरूले ध्यान दिन सुझाव दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो ।
रोकिएन डेङ्गु सङक्रमण
कात्तिक लागिसक्दा पनि डेङ्गु सङक्रमण रोकिएको छैन । गर्मी मौसम सकिनै लाग्दा काठमाडौँसहित देशका विभिन्न जिल्लामा डेङ्गुका बिरामी थपिँदै गएका छन् । डेङ्गुले गत वर्ष काठमाडौँमा महामारीको रूप लिएको थियो । यो वर्ष भने कोशी प्रदेशसहित धरानमा महामारीको रूप लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मात्रै ४० हजार डेङ्गुका बिरामी पुगेका छन् । महाशाखा प्रमुख डा. रुद्र मरासिनीले यो वर्ष ४० हजार ५३१ जनालाई डेङ्गु सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उपचार नपाएर नागरिक मर्नुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउनु परेमा त्यसको जिम्मेवारी सरकारले लिने बताउनुभयो ।
पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट
गण्डकी प्रदेशअन्तर्गत अस्पतालको न्यूनतम सेवा मापदण्डका आधारमा पर्वत अस्पताल प्राइमरी अस्पतालमध्ये उत्कृष्ट बनेको छ ।
लाइफलाइन अस्पतालद्वारा बिरामीलाई निःशुल्क परामर्श
नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौलामा समस्या भएका बिरामी र नर्सहरूलाई लक्षित गरी निःशुल्क परामर्श तालिम दिने भएको छ ।
डायलासिस उपचारमा तीव्रता
मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मृगौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।