• १२ मंसिर २०८१, बुधबार

ललितपुर–८ लाई टेबलटेनिस उपाधि

blog

टेबलटेनिसमा उपाधि विजेता ।

काठमाडौँ, मङ्सिर १२ गते । ललितपुर महानगरपालिका वडा नं.–८ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा वडा नं.–८ ले ललितपुर महानगरपालिकाको वडा नं.–७ लाई ३–२ ले हरायो । ललितपुर–१६ र काठमाडौँ महानगरपालिका वडा–२६ तेस्रो भए ।

पुरुष भेट्रान टिममा ललितपुर–१६ पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा ललितपुर–१६ ले ललितपुर–११ लाई ३–० ले हरायो । ललितपुरकै वडा–९ र २० तेस्रो भयो ।