छालाको समस्यालाई हेलचेक्राइँ नगरौँ
गर्मी सुरु भएसँगै छालामा विभिन्न समस्या देखिन्छन् । छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनीले घाम र प्रदूषणले छाला चिलाउने, पोल्ने, पोतो निस्कने, एलर्जी, खटिरा, डन्डिफोर निस्कने जस्ता समस्या निस्कने बताउनुन्छ ।
बालबालिकामा देखिने रेटिनोब्लास्टोमा कस्तो रोग हो ?
आँखा क्यान्सर रोग विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकार स्थापितले बालबालिकाको आँखाको नानीमा सेतो टीका देखिएमा क्यान्सर हुने सम्भावना भएकाले हेलचेक्राई नगर्न आग्रह गर्नुभयो।
निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् ।
सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका घोषणा
सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाको सभा हलमा जिल्ला खोप समिति तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जी.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
सङ्घीय अस्पताल दुई सिफ्टमा सञ्चालन हुने
सरकारले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको छ। मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्याप्तता जनशक्ति भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने नीति ल्याएको जानकारी दिनुभयो।
चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
चाइना हस्पिटल प्रालिद्वारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वयंसेविकालाई परम्परागत चाइनिज उपचार पद्धतिका बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच एवम् उपचार पनि गरिएको हो ।
आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने
सरकारले निमार्णको चरणमा रहेका आधारभूत अस्पतालको निमार्ण कार्य सिघ्र सम्पन्न गर्ने भएको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक संस्थाको रूपमा विकास गरिने
सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदय रोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न शैक्षिक संस्थाको रूपमा विकास गर्ने नीति ल्याएको छ ।
सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने
सरकारले सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने
सरकारले सुरु गरिने तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति समाधानको एकीकृत गरी एवम् समन्वयको परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गर्ने भएको छ ।
सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरिने
सरकारले सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्याको क्षमताको मेडिकल कलेज यसै वर्ष सञ्चालन गर्ने भएको छ ।
नीति तथा कार्यक्रम: अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गर्नुभयो ।
गुणस्तरीय तथा भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउने
सरकारले खानेपानीका कार्यक्रम कार्यान्वयन गरिने र गराउने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाइने
राष्ट्रपति रामचन्द्र पौडेलले औषधी र खोप लगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने बताउनुभएको छ ।
भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त हुनु भएको छ ।
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सेवा सुरु हुने भएको छ।
नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका-११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार गरिएको हो ।
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
हिमाली जिल्ला म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
झापामा हात्तीपाइलेको औषधी सेवन लक्ष्य नजिक
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधी खुवाउने कार्यक्रमअन्तर्गत झापाका ७९.४६ प्रतिशतले औषधी सेवन गरेका छन् । ८० प्रतिशतभन्दा माथि औषधी सेवन गरेको खण्डमा यस अभियानलाई सफल मानिने सरकारी आँकडा रहेको थियो ।
देवचुली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता
कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताकारूपमा मासिक एक हजार रुपियाँका दरले भत्ता वितरण गरेको हो ।