• १३ साउन २०८१, आइतबार

प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा

blog

काठमाडौं, वैशाख ३१ गते। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सेवा सुरु हुने भएको छ। 

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालले जेठ १ गतेदेखि गर्भवती र गर्भमा रहेको शिशुको मुटुको जाँच गर्न इको कार्डियोग्राफी सुरु गर्न लागेको जानकारी दिनुभयो। 

यो सेवा अस्पतालमानै सुरु गरेसँगै अन्य अस्पतालमा सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य हुने डा. अधिकारीको भनाइ छ। यसअघि सेवाग्राही बच्चा र आमाको इको कार्डियोग्राफी सेवा लिनका अन्य अस्पताल जान बाध्य थिए। 

इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिने डा।अधिकारीको भनाई छ। यो सेवा लिनको लागि तीन बजेदेखि नै नाम खर्ता गराउन मिल्ने व्यवस्था अस्पतालले गरेको छ। 

गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुने उहाँको भनाइ छ। त्यसैगरी, गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिने डा. अधिकारी बताउनुहुन्छ।