काठमाडौं, जेठ १ गते । सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्सा शास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिने जानकारी दिनुभयो ।