खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
थालेसीमिया संवाहक हो-होइन भनेर समयमै रगत परीक्षण गराउने कि ?
विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवम् चिकित्सकहरूले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन् ।
वर्षापछि वायु प्रदूषण घट्दै
सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ ।
कानसम्बन्धी दुई दिने शिविरमा ३७५ जनाको उपचार
जिल्लाको दक्षिणी क्षेत्रस्थित अदानचुली गाउँपालिकामा दुई दिनसम्म सञ्चालन भएको कानसम्बन्धी शिविरमा ३७५ जनाले सेवा लिएका छन् । बहिरोपन निवारण गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कानका बिरामीहरूको उपचार गरिएको हो ।
कुमाल गाउँमा बालरोग विशेषज्ञ सेवा
पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । बालरोग विशेपज्ञ डा. विनोद गैरे अस्पतालमा आउनु भएदेखि सो सेवा सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताउनुभयो ।
गर्मीमा किटजन्य रोगको जोखिम
गर्मी बढेसँगै विभिन्न सङ्क्रमण जन्य रोगले दुःख दिने गर्छ । गर्मी मौसममा भाइरस, ब्याक्टेरिया, किटजन्य रोगले बढी दुःख दिने चिकित्सक बताउँछन्।
गायिका मेनुका पौडेलको कृत्रिम आँखा राखियो
गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ।
आफूखुसी औषधि सेवन घातक
काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन ।
वर्षाले केही घट्यो वायु प्रदूषण
मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यकालगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ ।
अन्य संस्थामा काम गर्ने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा लिएर अन्य स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग
‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक पाँच हजार उपलब्ध गराउँदै आएको छ ।
डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यता हट्यो
तनहुँको सदरमुकाम दमौलीमास्थित दमौली अस्पतालमा मिर्गौला खराब भएका बिरामीलाई डायलासिस सेवा लिन अब पालो कुर्नु नपर्ने भएको छ। दमौली अस्पतालले तीन वटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचिमा रहेका सबैले सेवा पाएका छन् ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।
हेल्थ डेस्कबाट पाँच हजारभन्दा बढीले लिए सेवा
महाकुम्भ मेला सुरु भएसँगै गत चैत २७ गतेबाट नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम परिसरमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तिर्थालु भक्तजनहरुको संख्या पाँच हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
तनहुँको भीमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
उपचारमा सारथि
स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको आठ वर्ष पूरा भएको छ । नेपालमा पाइलटिङ कार्यक्रमको रूपमा आठ वर्षसम्म आइपुग्दा ७७ जिल्ला र ७५३ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको छ । देशका नागरिकको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिनुपर्ने उद्देश्य अनुसार स्वास्थ्य बिमा कार्यव्रmम देशव्यापी बन्न पुगेको छ । सुरुमा इलाम, कैलाली र बागलुङबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो ।
गोरखापत्र संस्थानका २८ जनाले गरे रक्तदान
गोरखापत्र प्रकाशनको १२४ औं वर्षप्रवेश तथा गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको छ ।
इजाजतपत्र नलिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नलिई निजी, गैरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई कारबाही गर्ने भएको छ ।
गाउँमै उपचार पाएपछि स्थानीय खुसी
गाउँमा नै दाँत उपचार गर्न पाएपछि पुतलीबजार नगरपालिका–१३ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ५३ जनाको दाँतको उपचार गरेको हो ।
तातो हावाले आँखा सुख्खा हुने समस्या
पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
बैंगलोरको एचसीजी अस्पताल क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै
एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्सन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।