• ६ जेठ २०८१, आइतबार

गायिका मेनुका पौडेलको कृत्रिम आँखा राखियो

blog

गायिका मेनुका पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख २५ गते। गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ। 

पौडेलको तिलगंगा आँखा प्रतिष्ठानमा आइतबार कृत्रिम आँखा राखिएको अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिनुभयो।   

यो शल्यक्रियाले मेनुकाको दृष्टि चाहिँ फिर्ता नआउने उहाँ बताउनुहुन्छ। 

उहाँ भन्नुभयो, ‘यो शल्यक्रिया मेनुकाको दृष्टि फिर्ता आउने होइन । अहिले चस्मा लगाएर हिँड्नुहुन्छ । अब यो शल्यक्रिया पश्चात् चस्मा नलगाइन पनि उहाँ कन्फिडेन्समा कमी आउँदैन।’ 

उहाँको आँखा पूर्ण रूपमा निको हुन छ हप्ता लाग्ने डा. राजकर्णिकार बताउनुहुन्छ।  इन्डियन आइडलको सिजन १४ मा मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो।