त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।
स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।
वायु प्रदूषणले आँखाका बिरामी बढे
चाप बढेको छ ।वायु प्रदूषणले तनहुँमा आँखाका बिरामी बढेका छन् । यतिबेला जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको छ ।
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ ।
उपराष्ट्रपति यादवद्वारा मधुमेह नियन्त्रणमा जोड
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले केही वर्षयता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट पनि मृत्यु हुनेको सङ्ख्या उच्च रहेको बताउनुभएको छ ।
सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।
सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार
कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर ३ बाट एक सुत्केरीको उद्धार गरिएको छ।
तोडफोडपछि गौरीगन्ज आधारभूत अस्पताल अनिश्चितकालका लागि बन्द
झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो ।
आयुर्वेद चिकित्सातर्फ आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेद तर्फ नागरिकको विश्वास बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा अर्याल
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ ।
काठमाडौँ महानगरभित्रका स्वास्थ्य बिमितको एक लाख वटा कार्ड जारी हुँदै
स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ । यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुनेछ । बिमा गराउने कार्य नियमित चल्नेछ । कार्ड हरेक तीन महिनामा जारी हुनेछ ।
थप ३१ जनामा डेंगु सङ्क्रमण
बागमती प्रदेशमा थप ३१ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
गिर्खेगिर्खा बोकेका शरणार्थी डम्बरबहादुर उपचारको खोजीमा
कामको खोजीमा निस्किएको बेला शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग (युएनएचसीआर)ले नेपालको पथरीशनिश्चरे र दमकमा बसिरहेका शरणार्थीको प्रमाणीकरण गर्यो । त्यो बेला शरणार्थी शिविरमा अहिले जस्तो सूचना सञ्चारको पहुँच थिएन । त्यसैले शरणार्थीको प्रमाणीकरण सूचीमा ४६ वर्षीय डम्बरबहादुर रानाको नाम छुट्यो ।
मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको संयुक्त आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो ।
दुई वर्षमा ६० जनाले लिए आइभिएफ सन्तानको सुख
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुलभ मूल्यमा निःसन्तान भएका दम्पतीलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) सेवा दिँदैआएको छ। अस्पतालमा सेवा सुरु भएको दुई वर्षको अवधिमा ६० जनाले आइभिएफ सेवा लिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।
झाडापखालाका कारण बालकको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड
झाडापखाला कारण झापाको गौरीगन्ज गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा उमेश महतोको झाडापखालाका कारण मृत्यु भएको जनाइएको छ ।
सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान)को बागमती प्रदेश कमिटी गठन भएको छ । ईश्वर भुसालको अध्यक्षतामा फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन गरिएको हो ।
'गर्मीमा बालबालिकाको विशेष हेरचाह आवश्यक'
झापा सहित पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोगको देखिएको छ ।
मलेरिया नियन्त्रणका लागि झुल वितरण
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ ।
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।
झापामा हात्तीपाइले रोगको जोखिम कायमै
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्तीपाइले रोगबाट सङ्क्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
१३५ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।