• १३ साउन २०८१, आइतबार

सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार

blog

सुत्केरी हुन नसकेकी सीता शाही सिंहको उद्धारका लागि पुगेको सेनाको हेलिकोप्टर। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट वैशाख २१ गते। कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर ३ बाट एक सुत्केरीको उद्धार गरिएको छ। 

लामो समय प्रसूति व्यथाले च्याप्दै जाँदा ज्यान जाने खतरा भएपछि सीता शाही सिहंंको सेनाको हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको हो। 

उद्धार गरेर अस्पताल पुग्ने बित्तिकै उहाँको अप्रेसन गरेर शिशु निकालिएको छ। आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ। बच्चालाई आईसियुमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख नन्दी शाहीले जानकारी दिनुभयो। 

लामो व्यथा लागेका कारण प्रमुख जिल्ला अधिकारीको सिफारिसमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सीताको उद्धार गरिएको हो।