चिकित्सकलाई विज्ञापनमा रोक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले सरकारी अस्पतालका चिकित्सकले विज्ञापन गरेर निजी अस्पतालमा बिरामी आकर्षित गर्ने गरेको भन्दै त्यस्तो कार्यलाई रोक्न खोजेको जानकारी दिनुभयो । सरकारी सेवाका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको र आफूलाई सरकारी भनेर निजीमा विज्ञापन गर्ने गरेको पाइएपछि मन्त्रालयले रोक लगाएको हो ।
अब फार्मेसीमै औषधीको परीक्षण
औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।
‘गण्डकीमा डायलाइसिसका लागि पर्खिनु पर्दैन’
मिर्गौलाका बिरामीले गण्डकी प्रदेशमा सहजै डायलाइसिस सेवा प्राप्त गर्न थालेका छन्। प्रदेश सरकारको डायलाइसिस गर्न पर्खिनु नपर्ने बनाउने लक्ष्य पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तनहुँमा खुला व्यायामशाला निर्माण कार्य सुरु
जिल्लाको व्यास नगरपालिका-३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायामशाला निर्माण सुरु गरिएको छ ।
चिकित्सक अभावमा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।
रेबिजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
‘लू’बाट बच्न प्रशस्त मात्रामा पानी पिउन आग्रह
जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ ।
भेरी अस्पताल तेस्रो पटक उत्कृष्ट
नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो ।
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
गर्मीयाम सुरु भएसँगै तिर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डड्रिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखा पर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।
‘समस्या आउन नदिन बेलैमा आँखाको उपचार’
विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो ।
पर्सामा ज्वरोका बिरामी बढे
गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।
नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ ।
शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।
एमाले अध्यक्ष ओली अस्वस्थ
ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित हुनु भएन। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उहाँ बैठकमा उपस्थित नहुनु भएको हो।
जनशक्ति थप गरी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइने : स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताउनुभएको छ ।
बुटवललाई स्वास्थ्यको हब बनाउने स्वास्थ्यमन्त्री पुनको दाबी
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो ।
सरकारद्वारा ६७८ जना गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार
सरकारले हालसम्म ६७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ ।
पत्रकार महासङ्घको स्वास्थ्य शिविरमा निःशुल्क उपचार
बाँकेको दुर्गम, पिछिडिएको र स्वास्थ्य सेवाको कम पहुँच भएको राप्तीसोनारी गाउँपालिकामा नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरबाट तीन सय बढीले निशुल्क उपचार गराएका छन् ।
कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कारबाही गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ ।
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव
मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ ।
आठ महिनामा १७ हजारलाई आयुर्वेद सेवा
तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।