विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान
आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
‘अटिजम हुने बच्चामा सञ्चारको समस्या’
पछिल्लो समय अटिजम भएका बच्चा जन्मिने दर बढ्दो छ। विश्वमा ३६ जना जन्मिएका बच्चामध्ये एक जना अटिष्टिक बच्चा जन्मिने चिकित्सकको भनाइ छ।
गुल्मीमा विद्यार्थीको दृष्टि परीक्षण अभियान
गुल्मीमा विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समिति र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको संयुक्त आयोजनामा तम्घासमा भएको एक कार्यक्रममा विद्यालय तहका विद्यार्थीको दृष्टि परीक्षण अभियान-२०८१ घोषणा गरिएको हो ।
मध्यविन्दु अस्पतालमा १२ घण्टा ओपिडी सेवा
नवलपुरको सदरमुकाम कावासोतीस्थित मध्यविन्दु जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि बहिरङ्ग (ओपिडी) सेवा ८ घण्टा सञ्चालन हुने गरेको थियो । त्यसलाई बढाएर १२ घण्टा सञ्चालनमा आएको हो ।
सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।
एकीकृत घुम्ती शिविरमा एक हजार बढीलाई सेवा
गुल्मीको काली गण्डकी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । यस गाउँपालिकाको वडा-७ भुर्तुङ्गस्थित दुर्गा भवन माध्यमिक विद्यालयमा एक दिन मात्र सञ्चालन गरिएको घुम्ती शिविरमा एक हजार ४४ जनाले सेवा लिएका हुन् ।
काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
बिहीबार र शुक्रबार बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले बिहीबार र शुक्रबार पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ज्येष्ठ नागरिकको निःशुल्क उपचार
घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने जानकारी दिनुभयो । यस्तै जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको उहाँले बताउनुभयो ।
‘औषधी महँगो हुँदा हिमोफिलिया बिरामी पहुँच बाहिर’
नेपालमा हिमोफिलिया ‘रक्तस्राव’ का बिरामीको अवस्था निकै दयनीय छ। नेपाल सरकारले हिमोफिलियाका बिरामीलाई आवश्यक औषधी उपलब्ध नगराउँदा बिरामीको अवस्था दयनीय बनेको हो।
अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा चार दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
वायु प्रदूषणले बिरामी बढ्दै
पछिल्लो समय वायु प्रदूषणले बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदूषणले गर्दा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा चिलाउने, पोल्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको नवलपुर जिल्ला अस्पतालले जनाएको छ ।
टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल
कैलालीको टीकापुरमा पोषणमैत्री स्थानीय शासनबारे छलफल भएको छ । ‘पोषणमैत्री स्थानीय शासन पालिका’ घोषणाका लागि भइरहेका योजना तथा कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो ।
पोलियो पल
सन् १९५२, गर्मीका दिन थिए । टेक्सासका पल अलेक्जेन्डरलाई सन्चो महसुस भइरहेको थिएन । उनको घाँटी र टाउकोमा चोट लागेको थियो तथा उच्च ज्वरोले जिउ थला परेको । केही दिनमै छ वर्षका पल हिँडडुल गर्न, बोल्न र निल्न पनि नसक्ने भए । उनलाई पोलियो सङ्क्रमण भएको थियो । घाँटीमुनि लगभग पक्षाघात जस्तो भएर थला परेका पल त्यसपछिका सात दशक ठूलो स्टिलको भेन्टिलेटर ‘आइरन लङ’ अर्थात् लौह फोक्सोको सहारामा बाँचे । गत मार्च ११ मा ७८ वर्षको उमेरमा उनले अन्तिम सास लिए । सन् १९४० र १९५० को दशकमा अस्पतालका पोलियो कक्ष (वार्ड)मा आम देखिने लौह फोक्सोमा बाँचिरहेका पल अन्तिम व्यक्ति थिए । अघिल्लो महिना मात्र उनी कोभिड–१९ बाट सङ्क्रमित भएका थिए तर पछि निको भए ।
कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।
आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । आज स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।
स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निः शुल्क उपलब्ध गराएका हुन् ।
साहित्यकार पंगेनी अस्पताल भर्ना
गजलकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ अस्वस्थ हुनु भएपछि अस्पताल भर्ना हुनुभएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा बढाईंदै
नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ ।
प्रदेश जनस्वास्थ्य सेवा ऐन खारेज गर्न माग
जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ ।