• २१ वैशाख २०८१, शुक्रबार

गौर प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र

blog

रक्तदान गर्दै चिकित्सक । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र
गौर, वैशाख ८ गते ।
गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना  स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरले रक्तदान गरी कार्यक्रमको सुरुवात गर्नुभको छ । त्यस्तै ईमरजेन्जी फाँट प्रमुख राजेश कुमार सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए ।

अस्पतालमा उपचार गराउन आउने बिरामीको विभिन्न किसिमको शल्यक्रिया गर्न रगतको अभावमा ढिलाई हुने तथा शारीरिक सङ्कट उत्पन्न भएकाले अस्पतालले आफैले रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । रगतको आवश्यकता भएको बेला बिरामी तथा उनका आफन्तलाई बाहिर जान नपर्ने र तत्काल रगत उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. ठाकुरले बताउनुभयो ।

केन्द्रलाई नियमित सञ्चालन गर्नका लागि रगत लिन आउनेले रक्त दिए मात्र दीर्घकालीन रुपमा सञ्चालित रहने डा. ठाकुरले जानकारी दिनुहुँदै उहाँले केन्द्रबाट रगत मात्र लिने र रगत नदिए समस्या हुन तथा सञ्चालनमा कठिनाइ उत्पन्न हुने भएकाले रगत लिन आउनेले रगत दिन आग्रह गर्नुभयो ।

गौर प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हासमीले मधेश प्रदेश सरकार, स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयबाट रक्त सञ्चार केन्दलाई आवश्यक उपकरण उपलब्ध गराएको तथा गत माघ २७ गते उद्घाटनको थियो ।