• ४ जेठ २०८१, शुक्रबार

फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन

blog

फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरसहित बागमती प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी ।

काठमाडौँ, वैशाख २० गते । नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान)को बागमती प्रदेश कमिटी गठन भएको छ । ईश्वर भुसालको अध्यक्षतामा फ्यानक्यानको बागमती प्रदेश कमिटी गठन गरिएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद ढकाल, उपाध्यक्षमा वीरेन्द्रकुमार महतो र महासचिवमा विष्णु खाती निर्वाचित हुनुुभएको छ ।

यसैगरी, सहसचिवमा लक्ष्मी नेपाल, कोषाध्यक्षमा मेरिना रिजाल, सहकोषाध्यक्षमा अरुण चन्द निर्वाचित हुनुभएको छ । सदस्यहरुमा प्रवीन चालिसे, अजित गुरु, सुरेश मण्डल र नवराज कडरिया निर्वाचित हुनुभएको फ्यानक्यानले जनाएको छ ।

फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले बागमती प्रदेश कमिटीमा नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।