• १२ साउन २०८१, शनिबार

सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज सञ्चालन गरिने

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ १ गते । सरकारले सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्याको क्षमताको मेडिकल कलेज यसै वर्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सहिद दशरथ चन्द्र विश्व विद्यालयमा तीन सय शय्याको क्षमताको मेडिकल कलेज तथा तथा प्राविधिक कार्यक्रम यसै वर्ष सञ्चालन गर्ने जानकारी दिनुभयो । उदयपुर, मोरङ, पर्सा चितवन लगायत देशका अन्य स्थापनमा मेडिकल कलेज स्थापना गर्न तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने बताइएको हो ।