तरकारी बजारको विषादी परीक्षण प्रयोगशाला खुलाउन माग
बिर्तामोडको सब्जी बजारमा विषादीयुक्त तरकारी तथा फलफूल आउने र बिक्री वितरण हुने गरेको भए पनि यसको परीक्षण हुन नसकेको भन्दै उपभोक्ता जागरण अभियान झापाले तत्कालै विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन माग गरेको छ । बिर्तामोडको सब्जी बजारमा रहेको विषादी परीक्षण प्रयोगशाला एक सातादेखि बन्द रहेको छ ।
सरकारलाई डेंगु महामारी नियन्त्रणमा जुट्न काँग्रेसको ध्यानाकर्षण
नेपाली काँग्रेसले डेंगु रोग महामारी नियन्त्रणमा जुट्न स्थानीय सरकार, स्वास्थ्य संस्थादेखि सरकारको ध्यानाकर्षण गराएको छ ।
उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा
महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ । त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् ।
मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरुलाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको छ ।
लम्पी स्किनले गोठ रित्तिँदै, खेत बाँझै
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका ५२ वर्षीय बुद्धिबहादुर कामीको दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धिबहादुरको भोक र निद्रा दुवै हराएको हो ।
कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङ्क्रमण
कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या
रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२ जना आउने गरेको जानकारी दिनुभयो ।
घोराही उपमहानगरले आँखाको निःशुल्क शल्यक्रिया गर्ने
दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
जनचेतनाको अभावले स्तनपान गराउने आमाको सङ्ख्या घट्दो
पूर्ण स्तनपान गराउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको तथ्याङ्कले देखाएको छ । आमाहरूमा स्तनपान बारे जानकारी नहुँदा र व्यस्तताले गर्दा ग्राफ ओरालो लाग्दै गएको तथ्याङ्क छ ।
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो ।
छुटेकालाई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल
ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो।
अवैध भित्र्याइएको कुखुराको मासु बरामद
भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।
आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड
झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
मधेश प्रदेशमा फैलिँदै डेंगु सङ्क्रमण
मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ ।
निःशुल्क सेवा दिएका बिरामीको विवरण सार्वजनिक गर्न मन्त्रालयको निर्देशन
सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
डेंगुको उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न इडिसिडीको निर्देशन
सरकारले रोगको निदान, उपचार तथा व्यवस्थापन राष्ट्रिय डेंगु रोग रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएको छ ।
ताप्लेजुङमा ६ जनामा डेङ्गु सङ्क्रमण
शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
रुकुमपूर्वमा डेङ्गु पोजेटिभ
रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आउनुभएको थियो ।
प्रसूति अस्पताल नहुँदा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको सङ्ख्या ११ हजारभन्दा बढी
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार देशभरका केन्द्रबाट आर्थिक वर्ष २०७८÷७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् ।
चितवनमा लम्पी स्किनविरुद्धको खोप अभियान
चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
आँखा पाक्ने समस्या बढेपछि विद्यालय बिदा
कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ।
विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउदै सामुदायिक प्रहरी
सामुदायिक प्रहरी सेवा केन्द बाँकेले जिल्लामा रहेका विद्यालयमा पुगि विद्यार्थीलाई सर्पदंश सम्बन्धि सचेतना फैलाउने अभियान सञ्चालनमा ल्याएको छ ।