निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
एकल महिलाका सन्तानलाई २५ प्रतिशतसम्म उपचारमा छुट दिइने
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कोशी प्रदेशमा डेंगीले नौ जनाको मृत्यु, सात हजारमा सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ भने सात हजार बढीमा सङ्क्रमण देखिएको छ ।
लम्पी स्किन विरुद्ध ५० हजार पशुलाई खोप लगाइने
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह
औषधि व्यवस्था विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह गरेको छ ।
ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया
काठमाडौं, साउन २४ गते। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ। गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। म्याग्दी बेनी घर भएका युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो। उहाँलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो। प्रा.डा. श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिनुभयो। उहाँले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताउनुभयो। डा.श्रेष्ठले भन्नुभयो, ‘जो बिरामी हुनुहुन्छ। उहाँ ३५ वर्षे युवक हुनुहुन्छ। उहाँको हात्तीपाइलेको रोग करिब २० वर्षअघि नै सुरुवात भएको रहेछ। २० वर्षको अवधिमा खुट्टाहरु धेरै नै सुन्निएको कारणले जटिल अवस्थामा पुगेको रहेछ। उहाँको दुवै खुट्टा धेरै गह्रुङ्गाे र धेरै ठूलो भएका कारण उहाँलाई हिँड्नलाई पनि धेरै मुस्किल अवस्था थियो। बेलाबेलामा खुट्टामा इन्फेक्सन हुने, घाउ हुने भएको थियो। उहाँलाई परिवारका लागि र आफ्ना लागि निकै भार परेको थियो। उहाँ उपचारका लागि भनेर भारत पनि जानुभएको थियो। ग्राण्डी अस्पतालमा आइसकेपछि उहाँको उपचार भएको हो। खुट्टा पनि निकाल्नुपर्ने अवस्था थियो। प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने हिसाबले अप्रेसन गरेको हो। खुट्टा ठूलो भएकाले उहाँलाई राख्न नसकेर दुई वटा टेबल जोडेर अप्रेसन गर्नुपर्ने अवस्था थियो। अप्रेसन गर्दाखेरी ठूला ठूला नशाहरु छुने बित्तिकै रगत निस्किने भएकाले पनि यो एक प्रकारको जटिल अप्रेसन हो। लगभग ९ घण्टा लगाएर अप्रेसन गर्यौं। हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौँ। एउटा खुट्टाको हात्तीपाइलेको खुट्टा निकाल्यौं। र, त्यसको वजन भनेकै ४८ केजीको भएको देखिएको छ।’’ डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मासहितको टोलीले ती युवकको शल्यक्रिया गर्नुभएको हो। अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताउनुभयो। उपचारपछि युवकलाई बुधवार डिस्चार्ज गरिएको छ।
‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिनुभयो ।
दुधौलीमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु
सिन्धुलीको दुधौली नगरपालिकाले औलोराेग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ ।
भिभिआइपीको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा भगवान कोइराला
उहाँले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उहाँमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ ।
७४ जिल्लाका नौ हजार बढीमा डेंगु पुष्टि, आठ सङ्क्रमितको मृत्यु
डेंगु सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको हो ।
अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या
देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।
स्याङ्जामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण
स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ ।
आँखा पाक्ने रोग आफैँ निको हुन्छ जथाभावी औषधि प्रयोग नगर्न विज्ञको सुझाव
नेपालमा विभिन्न जिल्लाहरुमा आँखा पाक्ने समस्या फैलिरहेको छ । नेत्ररोग विशेषज्ञ, डा. कौशल पोखरेलका अनुसार यो समस्या व्याक्ट्यरिया, भाइरस जस्ता सुक्ष्म जीवाणुका कारण लाग्ने गर्छ । एलर्जी, धुलो, धुवाको असरका कारणले गर्दा विभिन्न रसायन आँखामा परेमा पनि आँखा पाक्ने रोग समस्या देखिने पोखरेलको भनाई छ ।
लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान
लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो ।
डेंगुले कुनैपनि बेला महामारीको रुप लिनसक्छ : डा. मरासिनी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. रुद्र मरासिनीले डेंगु भाइरसले कुनैपनि बेला महामारीको रूप लिने चेतावनी दिनुभएको छ ।
विद्यालयमा आँखा पाक्ने रोगको औषधि वितरण
बाँकेका विभिन्न पालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।
नवलपुरमा आँखा पाक्ने रोग बढ्दै
नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ ।
डेंगु सङ्क्रमणका कारण महिलाको मृत्यु
पाल्पामा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।
डेंगुले यो वर्ष सात जनाको मृत्यु
नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
शहीद परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिकाभरिका शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ ।
पाल्पामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण
दुई हप्तादेखि पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दैगएको छ । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दैगएको जनाएको छ ।
लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
अस्पतालमा डेंगु सङ्क्रमित बिरामी बढ्दै
पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।