रेखीराम राना
पाल्पा, साउन २२ गते । पाल्पामा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।
मृतक महिलामा एक साता अघि डेंगु सङ्क्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेंगु सङ्क्रमणको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराइले जानकारी दिनुभयो ।