• १२ मंसिर २०८१, बुधबार

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह

blog

काठमाडौं, साउन २४ गते । औषधि व्यवस्था विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गरी दर्ता गर्न आग्रह गरेको छ ।

विभागले सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई एक महिनाभित्र आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गरी कार्यालयमा दर्ता गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १६ गते सबै निजी, सरकारी, सामुदायिक, शिक्षणलगायतका गैरसरकारी अस्पताललाई परिपत्र गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न परिपत्र गरिसकेको छ ।

परिपत्रमा मन्त्रालयले एक महिनाभित्र आफ्नै फार्मेसी नहुने अस्पतालहरूले आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । साथै विभागले अस्पतालको परिसरभित्र अन्य कुनै पनि निजी फार्मेसी सञ्चालन हुन नदिन सबैलाई आग्रह गरेको छ ।