• २० पुस २०८१, शनिबार

सरकारलाई डेंगु महामारी नियन्त्रणमा जुट्न काँग्रेसको ध्यानाकर्षण

blog

काठमाडौँ, साउन १९ गते । नेपाली काँग्रेसले डेंगु रोग महामारी नियन्त्रणमा जुट्न स्थानीय सरकार, स्वास्थ्य संस्थादेखि सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार डेंगु महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरी कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गएकोप्रति ध्यानाकर्षण गर्दै रोग फैलिने क्रम नरोकिएकाले सो आव्हान गरिएको छ ।

काँग्रेसले महामारीले समाजमा त्रास फैलाएको र यसको उपचारका लागि विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी गर्दै स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको बताएको छ ।