सुर्खेतमा सर्जरी सेवालाई प्रभावकारी बनाउन जोड
प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ । सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तीमा पनि तीन जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताइएको हो ।
तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै
चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ ।
जाडोमा छालाको स्याहार
जाडोयामले छोएसँगै छालाको सौन्दर्य कायम राख्न चुनौतीपूर्ण बन्ने गर्छ। यो मौसममा छालाहरू रुखो र खस्रो हुने गर्छ भने जाडोयाममा खुट्टा फुट्ने, सुन्निनेजस्ता विभिन्न समस्या देखा पर्छन्। चिसोका कारण खुट्टाको छाला पाप्रा बनेर निस्कनेजस्ता समस्या पनि आउँछन्। त्यसैले जाडोयाममा खुट्टाको स्याहारमा विशेष ध्यान पु¥याउनुपर्छ।
फाइजरको खोप म्याद गुज्रिएको तीन महिनासम्म लगाउन मिल्ने
सरकारले कोरोनाविरुद्धका खोप खेर जाने परिमाण बढ्न थालेपछि म्याद गुज्रिएका खोप पनि तीन महिनासम्म लगाउन मिल्ने जनाएको छ।
जथाभाबी प्लेटलेट्स चढाउँदा समस्या हुन्छ
देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।
बहुउपयोगी तुलसी
आज हरिबोधिनी एकादशी तुलसीको पूजा गरेर मनाइएको छ। हिन्दु धर्मावलम्बीका प्रायः घरमा तुलसीको बोट हुने गर्छ। हिन्दु धर्मावलम्बीले हरेक बिहान तुलसीको पूजा गरेर दिनको सुरुवात गर्ने गर्दछन्। तुलसी धार्मिक हिसाबले मात्र होइन औषधिको रूपमा पनि बहुउपयोगी हुन्छ।
२४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि, २८ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।
तनहुँमा डेंगुका बिरामी बढे
तनहुँमा डेंगुको सङ्क्रमण बढेको छ । सदमुकाम दमौलीसहितका अस्पतालमा डेंगुका बिरामीको चाप बढेको हो।
२४ घण्टामा ४९ जनामा कोरोना पुष्टि, २३ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट दुई हजार ३१२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो।
दलका घोषणापत्रको स्वास्थ्य : घरदैलोमा सेवादेखि निःशुल्क उपचारसम्म
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनीतिक दलले धमाधम घोषणापत्र जारी गरेका छन् ।
२४ घण्टामा थप ५९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कैलालीका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि
सुदूरपश्चिम प्रदेशमा बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग लागेको पुष्टि भएको छ।
बी.पी. प्रतिष्ठानको डेपुटी निर्देशकमा जयसवाल र लिम्बु
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा डा. लोकेशशेखर जयसवाल र डा. इन्द्र लिम्बुलाई नियुक्त गर्नुभएको छ ।
एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।
'अफ्रिकन स्वाईन फिभर'द्वारा मरे तीन सय बंगुर
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
२४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि मृत्यु
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि एकजना महिलाको मृत्यु भएको छ । दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको हो ।
छ जनामा कोरोना पुष्टि हुँदा, ३६ जना कोरोनामुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८८७ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा कोरोना पुष्टि भएको हो ।
थप दुई जना डेंगु सङ्क्रमितको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।
डा. शंशाक खतरा मुक्त
चुनावी सभामा एक्कासि अचेत हुनुभएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त हुनुहुन्छ ।
नेपालमा ४६ हजार भन्दा बढीमा डेंगु पुष्टि, मृतकको सङ्ख्या ५२ पुग्यो
नेपालमा ४६ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ४६ हजार ४१३ जनामा डेंगु पुष्टि भएको हो।
२४ घण्टामा थप २० जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालबाट डिस्चार्ज
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ ।
नमुना अस्पतालको व्यवस्थापन एचडीसीएसले गर्ने
लमजुङको सुन्दरबजार नगरपालिका –६ ठाँटीचौरस्थित नमुना सामुदायिक अस्पतालको व्यवस्थापन तथा सञ्चालन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले गर्नेभएको छ ।