• १२ मंसिर २०८१, बुधबार

डेंगुको उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न इडिसिडीको निर्देशन

blog

काठमाडौं, साउन १७ गते । सरकारले रोगको निदान, उपचार तथा व्यवस्थापन राष्ट्रिय डेंगु रोग रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशन डा. रुद्रप्रसाद मरासिनीले सबै सङ्घीय अस्पताल र प्रतिष्ठानहरुलाई यस्तो निर्देशन दिनुभएको हो । 

डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजना २०७९/८० अनुसार कार्यन्ययन गराउन, डेंगुका बिरामीहरु बढिरहेको अवस्थामा आवश्यकता अनुसार फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ ।

यस्तैगरी पत्रमार्फत डेंगु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितता गर्न, डेंगु द्रुत किटको प्रयोग निर्देशिकामा उल्लेख भए बमोजिम गर्ने, बिरामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन गर्ने, बिरामीहरुको विवरण नियमित रुपमा पूर्व सूचना र रिपोर्टिङ प्रणालीमार्फत प्रतिवेदन गर्न निर्देशन दिएको छ ।

हाल ७० जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै तीन जनाको मृत्यु भएको छ ।