आयुर्वेदप्रति आकर्षण बढ्दै
पछिल्लो समय मकवानपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको शल्यक्रिया पश्चात् रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
‘एचपीभी’ खोप प्रसूति अस्पतालबाट लगाउन सुरु गर्ने सरकारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि परोपकार प्रसूति तथा रोग अस्पताल सुरु गर्ने भएको छ ।
कांग्रेसका सहमहामन्त्रीलाई शल्यक्रिया पछि अब्जरभेसनमा राखिने
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रीको भ्रमणपछि जुम्लावासी खुसी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल कदमी गर्नुभएको छ ।
उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
कान्ति बाल अस्पतालको घटना छानबिन गर्न समिति गठन
कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
सरकारी दमक अस्पतालमा थाइराइडको अप्रेसन
झापाको दमकमा सरकारी दमक अस्पतालमा पहिलो पटक थाइराइडको सफल अप्रेसन भएको छ । अस्पतालका घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटा सहितको टिमले यो अप्रेसन गरेको दमक अस्पतालकी सूचना अधिकारी देवी दङ्गालले बताउनुभएको हो ।
भाइरल ज्वरो र आँखा पाक्ने रोगको सङ्क्रमण बढ्यो
तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड लागेको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आजबाट अनलाइन टिकटको व्यवस्था
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।
मेहेलकुना अस्पतालमा भौतिक पूर्वाधार अभाव
शय्या विस्तार गरिएपनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार अभाव हुँदा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउनुहुन्छ ।
खजुरामा रक्तसञ्चार केन्द्र स्थापना
पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।
सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम
सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।
अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा. केसी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको छ ।
जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपुर जिल्लामा जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो ।
रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उहाँलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।
पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी : डा.शाही
ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ । क्यान्सर रोग विशषेज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।
अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे
कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
जनताको सपना पूरा भएको छ : पूर्वमन्त्री पुन
गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले पाँच शय्याको दरवाङ आधारभूत अस्पताल सञ्चालनमा आएपछि आम नागरिकको सपना पूरा भएको बताउनुभएको छ ।
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, चौधको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि भएको छ।
स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गर्नुभएको हो ।
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।
काठमाडौंका छ हजार औषधि पसललाई कानुनी दायरामा ल्याउने
काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ ।
सुत्केरीमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय : महानगरप्रमुख साहको सचिवालय
काठमाडौँ महानगरप्रमुख बालेन्द्र साहको सचिवालयले सुत्केरी अवस्थाकी पत्नी सविना काफ्लेमाथि प्रहरीको असभ्य व्यवहार निन्दनीय भएको जनाएको छ ।