• ६ जेठ २०८१, आइतबार

कान्ति बाल अस्पतालको घटना छानबिन गर्न समिति गठन

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २० गते । कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका निर्देशक डा. पकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । 

समितिले पाँच दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा. रायले जानकारी दिनुभयो ।  

मकवानपुर थाहा नगरपालिका-१० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकोले सोमबार अपराह्न ५ बजे उहाँका आमा र हजुरबुवाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउनु भएको थियो । 

आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उहाँको मृत्यु भएको थियो । परिवारका अनुसार उहाँहरूले आकस्मिक कक्षामा ८० मिनेट पालो कुर्नुभएको थियो ।