उज्जली सुनारले बाटोमै जन्माउनुभयो बच्चा
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माउनु भएको छ ।
पत्थरी अपरेसनमा मिर्गौला फाल्दा बिरामीको मृत्यु
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा पत्थरीको अपरेशन (सल्यक्रिया) गरिएका बिरामीको मृत्यु भएको छ ।
प्रत्यारोपण केन्द्रका लागि नयाँ भवन बनाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।
मनमा अत्यधिक निराशाको भावना आएमा ११६६ सम्पर्क गर्न आग्रह
सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ ।
करार चिकित्सकको भरमा हुम्ला जिल्ला अस्पताल
स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।
खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार
शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
पाल्पा अस्पतालमा बिरामी बढ्दै
अस्पतालको सेवा तथा व्यवस्थापन सुधार हुँदै गएपछि पाल्पा अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो ।
‘तथ्यमा आधारित समाचार नलेख्दा दुर्घटना निम्तिन्छ’
देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।
‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ ।
प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा
नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । सो सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् ।
राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्छ : मन्त्री बस्नेत
यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।
क्षमताभन्दा बढी शय्याबाट सेवा दिँदै जिल्ला अस्पताल मुगु
स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ ।
आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
बागमतीमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ ।
दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला
राईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ ।
बिस वर्ष नपुग्दै ६३ जना अविवाहित युवतीबाट गर्भपतन
२० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
‘तिलगंगा आइसिटी सेन्टर: तिलगंगाको सेवा देशभर विस्तार हुने
तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।
अस्थायी ‘टहरो’ मा अस्पताल, सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
एचआइभी सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि
पछिल्लो समय कालीकोटमा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । कर्णाली प्लस कालीकोटले आयोजना गरेको सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआरटि काउन्सिलर ईश्वर शाहीका अनुसार २०६५ सालदेखि एचआइभी सम्बन्धी काम गर्दै आइरहेको कर्णाली प्लस २०८० सम्मको तथ्याङ्क अनुसार कालीकोटमा ६५ जनाले एआरटि सेवा लिइरहेका छन् ।
सेवा विस्तार गर्दै प्युठान अस्पताल
प्युठान जिल्ला अस्पतालले विशेषज्ञसहितका चिकित्सकहरू थप्दै लगेको छ । विगतमा दक्ष जनशक्तिको अभाव झेलेको अस्पतालमा अहिले सात विशेषज्ञसहित १४ जना चिकित्सकले सेवा दिइरहेका छन् ।
प्रत्येक प्रदेशमा विशेषज्ञ सेवा दिनेबारे सोचिएको छः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ।
स्वास्थ्य बीमा बोर्डबाट हटे पाल्पाका अस्पताल
स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रम हटाइएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको हो ।