• १२ मंसिर २०८१, बुधबार

खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार

blog

काठमाडौँ, भदौ ११  गते ।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ ।

शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो ।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय मन्त्री लिम्बूको प्लेटलेट्सको मात्रा बढेको उहाँको भनाइ छ ।

मन्त्री लिम्बू केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किनुभएको थियो । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । रासस