• २० असार २०८२, शुक्रबार

जिल्लाको पहिलो पोषणमैत्री वडा घोषण

blog

भेरी नगरपालिका-१३ वडा कार्यालय भवन उद्घाटन तथा पोषणमैत्री वडा घोषण कार्यक्रममा सहभागीहरु । तस्बिर : बासुदेव शर्मा

बासुदेव शर्मा 
जाजरकोट, असार २० गते ।
भेरी नगरपालिका – १३ को वडा कार्यालय भवन उद्घाटन र जिल्लाको पहिलो पोषणमैत्री वडा घोषण गरिएको छ । सरकारले पोषणमैत्री वडा घोषणका लागी तोकेका ४९ वटा सुचक पूरा गरेपछि पोषणमैत्री वडा घोषण भएको हो ।

भेरी नगरपालिका– १३ ले कार्यक्रमको आयोजना गरी वडा कार्यालय भवन उद्घाटनसहित पोषणमैत्री वडा घोषण गरेको छ । भाँडाको घरबाट सेवा प्रवाह गरेको वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले वडा कार्यालयको भवनसँगै पोषणमैत्री वडा घोषण गर्नुभएको छ । पोषणमैत्री वडा घोषण भएपछि सरकारले तोकेका सुचकलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय तह जनताको घरआँगनको सरकार भएकाले जनतामुखी सेवा प्रवाह गर्नुपर्ने धारण राख्नु भयो ।

भेरी नगरपालिकाले वडा कार्यालय भवन निर्माणका लागि ७० लाख ७९ हजार ६१७ बजेटमा निर्माण गरिएको हो । भेरी नगरपालिकाÐ१३ का वडाअध्यक्ष यज्ञबहादुर बटालाले वडा सरकार स्थापनादेखि भाँडाको घरबाट सेवा दिएको थियो । आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सहज हुने बताउनुभयो । जनताको सहयोगबाट पोषणमैत्री वडा घोषण, वडा कार्यालयको भवन उद्घाटन गर्न पाउदाँ निकै खुसी भएको बताउनुभयो ।