स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल रेडियोलोजी सोसाइटीले सिरहाको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा कार्यरत रेडियोग्राफी रञ्जित सिंह उपर भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
कञ्चनपुरमा स्वास्थ्यकर्मी हातपात
कञ्चनपुरको बैलोरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिकता स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।
खाँडाचक्र नगरपालिकाले एचआईभी सङ्क्रमितकाे जीविकोपार्जनमा सहयोग गर्ने
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले आफ्नो पालिकाभित्रका एच आई भी सङ्क्रमितहरुको पहिचान गरेर उनीहरुको जिविकोपार्जनमा सहयोग गर्ने भएको छ ।
१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध
औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”
३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीले सोमबारदेखि अनशन तोडेका छन्।
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।
तनहुँमा फैलियो डेंगु रोग
पछिल्लो समय तनहुँमा डेंगुको प्रकोप बढेको छ । डेंगुको प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको हो । साढे दुई महिनाकै अवधिमा जिल्लामा झण्डै एक हजार जनामा यसको सङ्क्रमण देखिएको छ ।
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ।
चिकित्सकको आन्दोलनले समस्यामा बिरामी (फोटो फिचर)
नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन्।
रोग नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री खनाल
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले रोग नियन्त्रण र उन्मूलनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
चिकित्सकको आन्दोलनले अलपत्र बिरामी
डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।
उपचार गर्न रकमको अभाव
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नु भएको थियो ।
बाल क्यान्सरको उपचार सेवा सुरु गरिदैँ
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ ।
टर्कीमा कोभिड–१९ का नौ नयाँ सङ्क्रमित फेला
टर्कीमा कोभिड–१९ इजी भेरियन्टका नौ वटा नयाँ सङ्क्रमित फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा नौ वटा नयाँ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितहरूलाई उपचार गरिरहेको बताइएको छ ।
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । वि.सं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/०८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।
इन्फ्लुएन्जाबाट सावधान रहन चिकित्सकको सुझाव
बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।
उदयपुर जिल्ला अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प
उदयपुर जिल्ला अस्पतालमा कार्यरत डा. शसिरञ्जन प्रधान, डा. राहुल यादव, डा. सन्दिप राउत, डा.दिपेश यादव, डा. प्रशान्त सुवेदी, डा. निरज चौधरी लगायत २० जना चिकित्सकहरुले हेडौँडा घटनाबाट आफूहरु मानसिक रुपले विछिप्त अवस्थामा रहेको र यस्तो स्थितिमा बिरामीहरुको उपचार सेवामा संलग्न हुन नसकिने विज्ञप्तिमा उल्लेख छ।
मुसहर बस्तीका दुई सय बढीको क्षयरोग परीक्षण
क्षय रोगबाट पीडित बर्दिबास १४ स्थित नमुना बस्तीका २६३ जना मुसहर समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।
ब्लड बैंक सञ्चालनका लागि सिन्धुली समाज अमेरिकाको १० लाख सहयोग
निःशुल्क ब्लड बैङ्क सञ्चालनको लागि एक करोडको अक्षयकोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले १० लाख भन्दा बढी सहयोग प्रदान गरेको छ।
बाँकेमा इन्फ्लुएन्जाका बिरामी बढ्दै
बाँकेमा इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।
राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला चिकित्सक सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ ।
चिकित्सक कुट्ने दुई जनाविरुद्ध किटानी जाहेरी
हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटना प्रकरणमा दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ ।