• १३ मंसिर २०८१, बिहिबार

उदयपुर जिल्ला अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प

blog

आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको उदयपुर जिल्ला अस्पताल । तस्विर : भक्तिविलास पोखरेल ।

भक्तिविलास पोखरेल 

गाईघाट, भदौ २९ गते । जिल्ला अस्पताल उदयपुरमा कार्यरत २० जना डाक्टरहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी शुक्रबारदेखि आकस्मिक सेवा बाहेकका स्वास्थ्य उपचारसँग सम्बन्धित सम्पूर्ण सेवाहरु बन्द गरेका छन् । 

मकवानपुरको हेटौडा १ स्थित सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि गरिएको साङ्घातिक हमलाको घोर निन्दा गर्दै स्वास्थ्य संस्था जस्तो सम्वेदनशील क्षेत्रमा यस किसिमका गतिविधि जुनसुकैबेला जो सुकैलाई जहाँपनि हुनसक्ने भन्दै दोशीहरुलाई कारबाही नभएसम्म आफूहरु बिरामी हेर्न नसक्ने भनि अस्पतालको ओपिडि सेवा ठप्प गराएका हुन् ।

उदयपुर जिल्ला अस्पतालमा कार्यरत डा. शसिरञ्जन प्रधान, डा. राहुल यादव, डा. सन्दिप राउत, डा.दिपेश यादव, डा. प्रशान्त सुवेदी, डा. निरज चौधरी लगायत २० जना चिकित्सकहरुले हेडौँडा घटनाबाट आफूहरु मानसिक रुपले विछिप्त अवस्थामा रहेको र यस्तो स्थितिमा बिरामीहरुको उपचार सेवामा संलग्न हुन नसकिने विज्ञप्तिमा उल्लेख छ।

यस विषयमा सम्पर्क गर्दा उदयपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्ञानेन्द्र झाले आकस्मिक सेवा सुचारु रहेको तर ओपिडि सेवा भने बन्द भएको बताउनुभयो । टाढाटाढाबाट बिरामीहरु अस्पतालमा उपचारको लागि आएका तर अस्पतालका बिरामी जाँच्ने कोठाहरु सबैमा तालाबन्दि गरिँदा आफूहरु स्वास्थ्य उपचार गर्नपाउने संवैधानिक अधिकारबाट वञ्चित हुनुपरेको त्रियुगा नगरपालिका १ण्का बिरामी अन्जु मगरले बताउनुभयो ।