• १३ मंसिर २०८१, बिहिबार

चिकित्सकको आन्दोलनले अलपत्र बिरामी

blog

चिकित्सक उपचार गर्न नआएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल परिसरबाट बाहिरिँदै बिरामी र बिरामीका आफन्त । तस्बिरः कृष्ण आचार्य/रासस

भरतपुर, भदौ ३१ गते । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका बिरामी चिकित्सक उपचार गर्न नआएपछि अस्पताल परिसरबाट बाहिरिएका छन् ।

चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आह्वान गरेको हो ।

यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र विराडीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।