सिरहा, असोज ४ गते । नेपाल रेडियोलोजी सोसाइटीले सिरहाको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा कार्यरत रेडियोग्राफी रञ्जित सिंह उपर भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
सोसाइटीले स्वास्थ्यकर्मी सिंहलाई आक्रमण गर्ने उपर कानुनी कारबाही गर्न समेत माग गर्नुभएको छ ।
सोसाइटीका केन्द्रीय अध्यक्ष कुमेशकुमार झाले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै अस्पतालमा एक्सरे गर्ने कार्यमा तल्लीन स्वास्थ्यकर्मी रेडियोग्राफर सिंहलाई एक्सरे ढिला भयो भन्दै स्थानीय शम्भु यादव र सागर यादवले गरेको कुटपिटप्रति भर्त्सना गर्नुभएको छ । अस्पतालका कार्यकारी निर्देशक देवेन्द्र सिंहमाथि समेत दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।